६ पुष २०८२, आईतवार
,
Latest
ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप क्रिकेट : बिना प्रतिष्पर्धा नै सुदूरपश्चिम फाइनलमा



अ+ अ-

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्तनगरमा जारी प्रधानमन्त्री कप महिला प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको टोली फाइनलमा प्रवेश गरेको छ ।

समूह ‘ए’ को शीर्ष स्थानमा रहेको सुदूरपश्चिम प्रदेशले आज बिहानको खेल वर्षाका कारण प्रदेश नंं २ सँग प्रतिष्पर्धा नै नगरी फाइनलमा प्रवेश गरेको हो ।

“वर्षाका कारण समूह ए मा शीर्ष स्थानमा रहेको सुदूरपश्चिमको टिम फाइनल पुगेको हो ।” प्रतियोगिता प्राविधिक कमिटीका संयोजक विनय झाले भन्नुभयो, “वर्षाका कारण प्रतियोगिता अवधिभर चार वटा खेल अवरुद्ध हुनपुगे ।”

मौसममा आएको सुधारका कारण आज दिउँसोपछि सशस्त्र प्रहरीको एपिएफ क्लब र प्रदेश नं १ बीच दोस्रो सेमिफाइनल प्रतियोगिता हुने संयोजक झाले जानकारी दिनुभयो ।

आइतबार र सोमबार आएको वर्षाका कारण खेल मैदानमा पानी जमेपछि प्रतियोगिता सञ्चालन गर्न नसकिएको आयोजकको भनाइ छ । आयोजक महाकाली स्पोर्ट सोसाइटीले सोमबार राति अबेरसम्म विभिन्न प्रयास गरेर खेल मैदानको पानी हटाउने काम गरे पनि आज बिहानको प्रतियोगिता हुन सकेन । समूह बी को दोस्रो स्थानमा रहेको प्रदेश नं २ सेमी फाइनल खेल्न नपाउँदै बाहिरियो ।

बुधबार बिहान हुने फाइनल प्रतियोगिताबाट उपाधि विजेता टिमले रु चार लाखसहित पुरस्कृत हुनेछ भने दोस्रो हुने टिमले रु तीन र तेस्रो हुने टिम रु दुई लाख नगदसहित पुरस्कृत हुने आयोजकले जनाएको छ ।