२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar देवराज चालिसेले लिए उपसभापतिबाट उम्मेदवारी फिर्ता News Polar नेपाली सेनाद्वारा चिसापानीगढीमा सरसफाइ News Polar ओमान ए ले नेपाललाई दियो १६१ रनको लक्ष्य News Polar नेप्से परिसूचक सामान्य अङ्कले घट्यो News Polar पूर्वप्रधानन्यायाधीश जबराको घरमा सम्पत्ति शुद्धीकरणको छापा, आफन्त र निकटस्थ पनि अनुसन्धानको घेरामा News Polar मधेसको शिक्षा क्षेत्रका समस्या पहिचान गरी मन्त्रालयमा पेश गर्न मन्त्री पोखरेलको निर्देशन News Polar धादिङको गजुरी गाउँपालिकाले दसैँमा काठमाडौंमा रहेका गजुरीवासीलाई निःशुल्क यातायात सेवा दिने News Polar मन्त्रिपरिषद्को बैठक आज अपराह्न ४ बजे बस्दै News Polar कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन गर्ने News Polar विमानस्थल निर्माणदेखि सञ्चालनसम्म निजी क्षेत्रलाई सहभागी गराउने कानुनी तयारी News Polar न्यायाधीश नियुक्ति सिफारिसप्रति नेपाल बारको आपत्ति News Polar भुइँ तहका कार्यकर्ताको मूल्यांकनबिना कांग्रेस रूपान्तरण सम्भव छैन : डिला संग्रौला News Polar ‘विशेष महाधिवेशनपछि पनि कांग्रेस रनवेमा अड्कियो, रुपान्तरणको पनि रुपान्तरण चाहिन्छ’ News Polar क्रियाशील सदस्यबाटै वडा तहदेखि केन्द्रसम्म सभापति छानिनुपर्छ : अमरसिंह पुन News Polar संवैधानिक इजलास गठनमा मनोमानी नगर्न नेपाल बारको चेतावनी News Polar स्वास्थ्य परीक्षणदेखि अन्तरपुस्ता ज्ञान हस्तान्तरणसम्मका कार्यक्रम समेटिने News Polar टेलिमेडिसिन सेवा व्यवस्थित र दीगो बनाउन मन्त्री मेहताको जोड News Polar राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत, नयाँ शैक्षिक कार्यक्रम र डिजिटलाइजेशनमा जोड News Polar सरकारको स्वीकृतिबिनै १७ पालिकाले लिए ३३ करोड ८७ लाख आन्तरिक ऋण News Polar अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीको प्रवर्द्धकमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम

आजको राशिफल : २०७८ मंसिर २६ गते, आइतबार

आजको राशिफल : २०७८ मंसिर २६ गते, आइतबार
अ अ+ अ-

२०७८ मंसिर २६ गते, आइतबार, १२ डिसेम्बर २०२१। मार्ग शुक्लपक्ष नवमी तिथि। उत्तरभाद्रपदा नक्षत्र। चन्द्रराशि– मीन।

 

मेषः (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। व्यवसायमा लगानी थप्नुपर्ने हुन सक्छ। खर्चिलो काम थाल्नाले धेरै रकम जुटाउनुपर्ला। तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला। 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। आम्दानीका विभिन्न स्रोत देखिए पनि सोचेको फाइदा नहुन सक्छ। लगानीतर्फ लागत बढ्नेछ। आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन्।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। नोकरी तथा व्यवसायमा विशेष फाइदा हुनेछ। भौतिक साधनहरू संग्रह हुनेछन्। विभिन्न अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता समेत बढ्न सक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

रोकिएका काम सम्पादन हुनेछन् भने मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। सानो प्रयत्नले धेरैको भलाइ हुन सक्छ। सामाजिक वादविवाद सुल्झाउने जिम्मेवारी आउन सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

काम राेकिनाले परिस्थिति केही असहज बन्नेछ। स्वास्थ्यका लागि आहार–विहारमा ध्यान दिनुपर्ला। व्यस्तता बढ्नेछ भने शारीरिक समस्याले कमजोरी अनुभूति हुनेछ। व्यावहारिक समस्याले कामको मेसो मिलाउन नसकिएला।   

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। घुमफिर तथा मनोरञ्जनको समय छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

भौतिक साधन जुट्नाले काम बन्नेछ। साहसी काम गरेर लाभ उठाउन सकिनेछ। परिस्थितिले प्रतिपक्षीहरू नै सहयोगी बन्नेछन्। विश्वास नलागेको काम समेत बन्न सक्छ।  

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

मिहिनेत गर्दा विशेष अवसर प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। विद्यामा वृत्ति, सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ।   

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आश्वासन दिनेहरूले आफ्नो प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ। आफन्त र परिवारजनलाई समय दिनुपर्ने हुन सक्छ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ।   

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

सुखद समाचारले उत्साह जगाउनेछ। बोलीको प्रभाव बढ्नेछ भने चिताएको काम सजिलै सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ।   

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

कामना पूर्ण हुनेछ भने रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ।