१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेट : श्रीलंका व्याडीङ चलिरहदा खेलाडीहरु मैदानमै सुत्न बाध्य



अ+ अ-

काठमाडौं । इङ्ल्याण्डमा जारी विश्वकप क्रिकेटमा शुक्रबार श्रीलंका र दक्षिण अफ्रिकाबीच भएको खेलमा अनौठो दृश्य देखियो ।

मैदानमा हजारौँको संख्यामा मौरी प्रवेश गरेपछि खेल नै केही बेर रोक्नुपरेको थियो ।

यो घटना श्रीलंकाको पारीको दौरान ४८ औँ ओभरमा भएको थियो । त्यतिबेला श्रीलंको स्कोर ८ विकेटको क्षतिमा १९४ रन थियो ।

मौरीका कारण खेल करिब १० मिनेट रोक्नुपरेको थियो ।

मैदानमा मौरी प्रवेश गरेपछि अम्पायर र खेलाडीहरु मैदानमा नै सुत्न बाध्य भएका थिए ।

यस्तो घटना पहिले पनि भएको थियो

दुई टोलीबीच खेल हुँदा यसरी मैदानमा मौरी प्रवेश गरेको पहिलो पटक भने होइन । सन् २०१७ मा दुई टोलीबीच जोहानिसबर्गमा भएको एकदिवसीय खेलमा हजारौँको संख्यामा मौरी मैदानमा प्रवेश गरेका थिए ।

यसले गर्दा करिब १ घण्टासम्म खेल रोक्नुपरेको थियो ।