• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

सपनामा यस्तो देख्नु हुन्छ ? संकेत यी हुन सक्छन्



वास्तवमा भन्नुपर्दा, ‘सपना’ भनेको हाम्रो अवचेतन मनमा भएका कुराहरूलाई हामीसामुन्ने देखाउने श्रोत हो भन्न सकिन्छ। हरेक संस्कृतिले ‘सपना’लाई भिन्नाभिन्नै दृश्टिकोणले हेर्ने गर्दछ भने हरेकले आफ्नै तरिकाले सपनालाई व्याख्या गर्ने गर्दछ।

कसैले सपनालाई मानिसको मनोविज्ञान बुझ्ने माध्यमको रूपमा हेर्ने गर्दछन् भने कसैले यसलाई अलौकिक शक्तिको रूपमा पनि हेर्ने गर्दछन्। त्यसैगरी, ‘मन्दिर गएको’ सपनालाई पनि थुप्रै दृश्टिकोणले हेर्न सकिन्छ साथै थुप्रै तरिकाले व्याख्या गर्न सकिन्छ।वैज्ञानिकहरुले सपनालाई अवचेतन मनको कल्पनाको रुपमा व्याख्या गर्छन् ।वैज्ञानिकहरु पनि सपनाले कुनै न कुनै कुराको संकेत गर्ने कुरासँग सहमत छन् ।

आज हामीले हिन्दू धर्मशास्त्र ज्योतिषीय मान्यताअनुसार कस्तो सपना देख्दा कस्तो फल प्राप्त हुन्छ भन्ने कुरा यहाँ प्रस्तुत गरेका छौं ।

1.सुराही देखेमा आवारा मानिससँग संगत हुन्छ ।

2. हिलोमा फसेको देखेमा कष्ट र अपव्यय हुन्छ ।

3.मुद्रा पाएको सपना देखेमा लडाईँमा जानुपर्ने हुनसक्छ ।

4.सपनामा रोएको देखे असह्य बिमारी वा सन्तान कष्ट हुनसक्छ ।

5. विवाह वा वैवाहिक उत्सव देखिनु अशुभ हुन्छ । विपत्ति आउनसक्छ ।

6.सपनामा मस्तिष्क वा टाउको देखिए विपत्ति र टाउको काटिएको देखेमा अनिष्ट हुन्छ ।

7.आफू भोको रहेको देखेमा विपत्ति आउनसक्छ । अरुलाई भोको देखेमा स्त्री लाभ हुन्छ ।

8. सपनामा भिक्षा लिएको वा दिएको देखेमा अशुभ हुन्छ । गरिबीले सताउन सक्छ ।

9.दाँत झरेको वा भाँच्चिएको देखेमा दुःख र झन्झट आईपर्छ ।

10.घना बादल देखेमा विरक्ति उत्पन्न हुन्छ ।

11. भूइँचालो गएको सपना देखेमा सन्तान कष्ट र दुस्ख हुन्छ ।

12.मरेको मानिसले बोलाएको देखेमा विपत्ति आउँछ ।

13. रत्न वा मणि देखेमा दुस्ख बढ्छ, अपव्यय हुन्छ ।

14. सुकेको बगैँचा देखिएमा विपत्तिमा फसिन्छ ।

15.सुकेको अन्न खाएको सपना देखेमा कष्ट र व्यर्थमा हैरानी हुन्छ ।

16.सर्प मरेको देखेमा मृत्युको भय हुन्छ ।

17.माकुरोले टोकेको देखेमा रोगले आक्रमण गर्छ ।

18. बिच्छिले डसेको देखेमा मुत्युकारक हुन्छ ।

19.सपनामा स्याल देखिनु मृत्यु र दुस्खको कारक हो ।

20.रोगी पशु देखेमा जेठो छोरोलाई कष्ट पर्छ ।

21.सपनामा काग देखेमा अशुभ हुन्छ । मृत्युको भय हुन्छ ।

22.सपनामा बिरालो देखिए चोरी हुन्छ, शत्रु बढ्छन् ।

23.दुब्लो गाई वा गोरु देखेमा दुस्ख कष्ट हुन्छ ।

24.सपनामा ओढ्ने कम्मल देखेमा बदनामी हुन्छ ।

25.कोइला देखेमा व्यर्थमा झगडा हुन्छ ।

26. कैँची देखेमा पनि झगडा वा विवाद हुन्छ ।

27. सपनामा बन्द ढोका देखेमा हैरानी वा दुस्ख खेप्नुपर्छ ।

29.डोरी देखेमा यात्रामा हैरानी वा झन्झट हुन्छ ।