• १४ जेष्ठ २०८१, सोमबार
  •      Mon May 27 2024
  •   Unicode
Logo

सिसिलीमा अपार्टमेन्ट भत्किँदा दुईको मृत्यु, सात बेपत्ता



रोम । इटलीको सिसिली टापुमा चार तले अपार्टमेन्ट भवन भत्केर विष्फोट हुँदा दुईको मृत्यु हुनुका साथै सात जना बेपत्ता भएका छन् ।

शनिबार राति भग्नावशेषबाट राभानुसा शहरमा दुई महिलालाई जीवितै फेला पारिएको स्थानीय नागरिक सुरक्षा सेवाले ट्विटरमा जनाएको छ ।

उद्धारकर्ता र स्निफर कुकुरले अझै पनि हराइरहेका पत्ता लगाउन भग्नावशेषमा खोजी जारी राखेका छन् ।

ग्यास चुहावटका कारण विष्फोट भएको हुन सक्ने अधिकारीले बताएका छन् । (रासस-एएफपी)