२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तापक्रम ४२ डिग्री, चल्यो लू, विद्यालय बन्द



अ+ अ-

बाँके । गर्मी अत्यधिक बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयहरुमा गर्मी बिदा दिएको छ । नेपालगन्जको तापक्रम अहिले ४२ डिग्री सेल्सियस नाघेको छ ।

अत्यधिक गर्मी र ‘लू’ का कारण पठनपाठनमा समस्या भएपछि तीन दिनका लागि पालिकाअन्तर्गतका सम्पूर्ण विद्यालयमा बिदा दिइएको शिक्षा, युवा तथा खेलकुद महाशाखाका उपसचिव गोर्खबहादुर थापाले बताए ।

महाशाखाले विपद् व्यवस्थापन समितिको निर्णयअनुसार बिदा दिएको हो । अब १५ गतेदेखि १८ गतेसम्म सम्पूर्ण बिद्यालयमा पठाइने हुने छैन । १९ गते पनि शनिबार परेकाले पठाइने हुने छैन ।

गर्मीका कारण नेपालगन्जको सम्पूर्ण जनजीवन कष्टकर भएको छ । तातो हावा चल्दा दिउँसो बजार क्षेत्र सुनसान जस्तै छ । बिहान र बेलुका मात्र बजारमा चहलपहल देखिने गरेको छ ।