• ५ असार २०८१, बुधबार
  •      Wed Jun 19 2024
  •   Unicode
Logo
Latest
★   ६० किलो सुन तस्करीमा संलग्न रहेको अभियोगमा थप दुई जना पक्राउ ★   पालुङबाट सिम्पानीसम्म ‘रुपचन्द्र विष्ट मार्ग’को प्रस्ताव राख्दै बर्तौला ★   कर्मचारीहरूको आन्दोलनका कारण संसद् बैठक स्थगित ★   सातौँ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड सेप्टेम्बर १५ मा न्यूयोर्कको क्विन्स शहरमा हुने ★   समस्याग्रस्त तीन सहकारीको बचत फिर्ता ★   भरतले पेरिस पारालिम्पिक खेल्ने ★   मालपोत कार्यालय पर्साका तत्कालीन प्रमुखसहित सातजना भ्रष्टाचार मुद्दामा दोषी ठहर ★   थाइल्यान्डले समलिङ्गी विवाहलाई मान्यता दिने ★   मनसुनजन्य घटनाका समयमा समन्वय र सहकार्य गरी काम गर्नुस्: मन्त्री शर्मा ★   ललितपुर महानगरको नीति तथा कार्यक्रम: आयोजना र श्रम बैङ्क

जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने



बेलायत । संयुक्त अधिराज्यका प्रधानमन्त्री ऋषि सुनकले जलवायु परिवर्तनका क्षेत्रमा नेपाललाई सघाउने बताउनुभएको छ ।

नेपाल र संयुक्त अधिराज्यबीच मैत्रीसन्धिमा हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री सुनकको कार्यालयमा सोमबार आयोजित विशेष समारोहमा उहाँले उक्त कुरा बताउनुभएको लण्डनस्थित नेपाली राजदूतावासले जनाएको छ ।

त्यस अवसरमा प्रधानमन्त्री सुनकले आगामी दिनमा बेलायत र नेपालबीच व्यापार, लगानीलगायत आर्थिक सम्बन्ध तथा जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने बताउनुभयो । उहाँले बेलायत र नेपालबीचको ऐतिहासिक सम्बन्धका विभिन्न आयामका बारेमा चर्चा गर्दै द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याउन ‘ब्रिटिस गोर्खा’को योगदानको प्रशंसा गर्नुभयो । विगतमा राजा चाल्र्सले गर्नुभएको नेपाल भ्रमणको स्मरण गर्दै उहाँले विभिन्न क्षेत्रमा ख्यातिप्राप्त नेपाली ‘डायस्पोरा’को काम र उपलब्धिबाट आफू प्रेरित भएको बताउनुभयो ।

बेलायतकी परराष्ट्र राज्यमन्त्री आन मारी ट्रेवल्यानले बेलायत–नेपालबीचको घनिष्ठ सम्बन्धबारे चर्चा गर्दै बेलायतले नेपालको विकास प्रयासमा सहयोग गरिरहेको र त्यो जारी रहने बताउनुभयो । उहाँले नेपाालसँगको आर्थिक सम्बन्धलाई थप विस्तार गरी उसको मध्यम आययुक्त मुलुक बन्ने लक्ष्यमा सहायता गर्ने बताउनुभयो ।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट प्रधानमन्त्री सुनकप्रति शुभकामना व्यक्त गर्दै सन् १९२३ मा सम्पन्न मैत्रीसन्धिका विविध पक्षको चर्चा गर्नुभयो । उहाँले मैत्रीसन्धिपश्चात् अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको उपस्थिति र अन्तर्राष्ट्रिय सम्बन्ध प्रवर्द्धन गर्न महत्त्वपूर्ण योगदान भएको उल्लेख गर्नुभयो ।

नेपालमा हालसम्म भएका सामाजिक एवं राजनीतिक परिवर्तन तथा हासिल भएका प्रगतिबारे जानकारी दिँदै राजदूत आचार्यले नेपालको विकासमा बेलायतले पुर्याएको सहयोगका निम्ति आभार व्यक्त गर्नुभयो । साथै उहाँले आगामी एक सय वर्षमा नेपाल–बेलायत द्विपक्षीय सम्बन्धलाई थप क्षेत्रमा विस्तार गरी पारस्परिक सम्बन्ध अझ सुदृढ तुल्याउन दुवै पक्षबाट महत्त्वपूर्ण भूमिका निर्वाह हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछाने, कलाकार मनिषा कोइराला, संघका उपाध्यक्ष डा. हेम राज शर्मा, रामशरण सिमखडा, प्रोफेशर सूर्य सुवेदी, समाजसेवी व्यवसायी रविन्द्रजंग लामिछाने डा. पदम सिमखडा, पर्वतारोही हरि बुढा बेलायतमा बिभिन्न पेशा तथा व्यवसायमा रहेको नेपाली समुदाय, भूतपूर्व गोर्खाहरु,बेलायती सांसद तथा उच्चपदस्थ अधिकारीहरु एवं नेपालका बेलायती मित्रहरुको उपस्थिति रहेको थियो ।

‘बेलायत नेपालको पहिलो द्विपक्षीय सम्बन्ध भएको मुलुक हो । दुई देशबीच झण्डै २०८ वर्ष लामो ऐतिहासिक सम्बन्ध रहिरहंदा मैत्री सन्धिको एकसय वर्षगांठ एउटा ऐतिहासिक कार्यक्रमसहित मनाउने सोचले सार्थकता पाएको छ’, लामिछानेले भने, ‘यसमा नेपाली दूतावास र समुदायको पनि विशेष योगदान रह्यो ।’

बेलायत सरकार र यहांको राजनीतिक वृत्तसंग निकट लामिछानेकै पहलमा यसअघि पनि बेलायत नेपाल द्विपक्षीय सम्बन्ध अभिवृद्धिमा केन्द्रित विभिन्न कार्यक्रम हुंदै आएका छन् ।

नेपाल तथा बेलायतबीच १९२३ को मैत्री सन्धी हस्ताक्षर भएको सय वर्ष पुगेको उपलक्ष्यमा बिभिन्न कार्यक्रमहरु आयोजना गरी मनाउने सिलसिलामा नेपाली राजदूतावास र बेलायती परराष्ट्र मन्त्रालयबीच छलफल भए अनुसार र नेपाली समुदायको सहयोगमा यो समारोह सम्पन्न भएको नेपाली दूतावास लण्डनले जनाएको छ ।

 

सो अवसरलाई मनाउने क्रममा नेपालमा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा उक्त सन्धि हस्ताक्षर भएकै दिन २१ डिसेम्बर २०२३ मा सन्धि हस्ताक्षर भएकै हलमा एक विशेष कार्यक्रमको आयोजना गरिएको थियो ।