२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, नर्वेमा ४० हजार बढीले हेरिसके News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध

आईपीएल इतिहासमै अहिलेसम्मकै ‘झुर’ फाइनल

आईपीएल इतिहासमै अहिलेसम्मकै ‘झुर’ फाइनल
अ अ+ अ-

काठमाडौँ । एक महिनाभन्दा बढी लामो समयसम्म चलेको विश्वकै प्रतिष्ठित टी–२० लिग इन्डियन प्रिमियर लिग (आईपीएल) सकिएको छ । २२ मार्चदेखि सुरु भएको आईपीएल २६ मे (आइतबार) समापन भएको छ ।

१७ औं संस्करण रहेको यस सिजनको फाइनल खेल उत्साहजनक हुन सकेन । फाइनल खेल चेन्नईको चेपौकमा सनराइजर्स हैदरावाद र कोलकाता नाइट राइडर्सबीच भएको थियो ।

हैदरावादलाई ८ विकेटले पराजित गर्दै कोलकाता च्याम्पियन बन्यो ।
कोलकाताको यो समग्रमा तेस्रो उपाधि हो । टोलीले १० वर्षपछि उपाधि जितेको हो । पछिल्लो पटक कोलकाता सन् २०१४ मा च्याम्पियन बनेको थियो ।

टस जितेर ब्याटिङ रोजेको हैदरावाद १८.३ ओभरमा ११३ रनमा अलआउट भयो । यो आईपीएल फाइनलको सबैभन्दा कम स्कोर हो ।

कोलकाताले १०.३ ओभरमै २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । यो आईपीएल फाइनलको सबैभन्दा छिटो रन चेज हो ।

टी–२० इतिहासमै सर्वाधिक रन खडा गरेको हैदरावादको ब्याटिङ फाइनलमा भने निकै कमजोर रह्यो । हैदरावादले यसै सिजन ३ पटक २८७/३ (टी–२० मा सर्वाधिक स्कोर), २७७/३ र २६६/७ रन बनाएको थियो । तसर्थ फाइनलमा टोलीबाट यसप्रकारको स्कोरको अपेक्षा गरिएको थिएन ।

यता, कोलकाताको भने आफ्नो १० वर्ष लामो उपाधि खडेरीको अन्त्य गर्‍यो । यसअघि कोलकाताले २०१२ र २०१४ मा उपाधि जितेको थियो ।