११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

सडक चौडा गर्न वडाध्यक्षकै घर कम्पाउण्डको पर्खाल भत्काउनु पर्‍यो …

सडक चौडा गर्न वडाध्यक्षकै घर कम्पाउण्डको पर्खाल भत्काउनु पर्‍यो …
अ अ+ अ-

ललितपुर। स्थानीय निकाय अन्तर्गगत विभिन्न पालिकाका प्रमुख, उपप्रमुख या वडाध्यक्षले सडक, बाटो चौडा गर्न अरुको पर्खाल र घर भत्काउँदै हिँडेको धेरैले देखेका छन् ।तर महालक्ष्मी नगरपालिका वडा नं ९ का अध्यक्ष जयकृष्ण बोगटीको घर अगाडिको सडक चौडा गर्दा उनले आफ्नै घरको पर्खाल भत्काउनुपरेको छ ।

१३ फिट चौडा सडकलाई २६ फिट चौडा बनाउँनको लागि उनको घर कम्पाउण्ड भित्रको करीव साढें ६ फिट चौडा जग्गा सडकको लागि पर्खाल भत्काएर दिनु परेको हो । यसो गर्दा उनको करीव २५ लाख मुल्य बराबरको एक आना जग्गा सडक विस्तारमा परेको छ ।

सो सडक महालक्ष्मी नगरपालिका वडा नं ८ र ९ को सीमामा पर्दछ । वहुवर्षे योजनामा परेको ठेक्का अन्तर्गत लुभु खोलादेखि ललितघुम्तीको नेपालचौरसम्मको सडक विस्तार गर्ने क्रममा सो वडाको सौडोल भूमिकोटमा रहेको वडाध्यक्ष बोगटीको घर कम्पाउण्डको पर्खाल भत्काउनुपरेको हो ।

आफुले वडाका विभिन्न गोरेटो बाटो र सडक विस्तार गर्दा वडावासीहरु धेरैको घर कम्पाउण्डको पर्खाल र अस्थायी टहरा भत्काएको हुनाले आफ्नो पर्खाल भत्काएर नीजि जग्गा सडकको लागि दिनु नौलो कुरा नभएको वडाध्यक्ष बोगटीले बताए ।

‘सडक विस्तार र वडाको विकासको लागि मैले आफ्नो जग्गा दिनु सामान्य काम हो’—उनले भने । ‘सडक विस्तार गर्न हाम्रो वडाका वडावासीले खुसी खुसी आफ्नो घरखेत दिएका छन्’—वडाध्यक्ष बोगटीले भने—‘सडक चौडा गर्दा सडकमा गएको जग्गाभन्दा बाँकी भएको जग्गाको मुल्य दोब्बर आउने कुरा वडावासीले बुझिसकेका छन् ।’

सो सडक चौडा गर्न बागमती प्रदेशको समपूरक बजेट अन्तर्गत दोस्रो वर्ष अर्थात चालु आर्थिक वर्षमा करीव साँढे दुई करोड रुपैयाँ निकासा भएको छ ।

दोस्रो वर्ष अर्थात चालु आर्थिक वर्षमा सो सडक करीव पाँच सयम मिटर चौडा हुने अनुमान गरिएको छ । सडकको दायाँवायाँ ढुंगाको ग्याभिन वाल र ढलान तथा कालोपत्र गर्ने ठेक्का शैलुङ्ग कन्स्ट्रक्सनले पाएको छ ।

गतवर्ष सो कन्स्ट्रक्सनले लुभु खोलादेखि भूमिकोटसम्मको करीव पाँचसय मिटर सडक चौडा गरि कालोपत्रे गरिसकेको छ ।