११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

रविका बिरुद्ध काँग्रेस खनिनु भनेको भँगेरा मार्न तोप बोकेर निस्कनु सरह हो: ओली

रविका बिरुद्ध काँग्रेस खनिनु भनेको भँगेरा मार्न तोप बोकेर निस्कनु सरह हो: ओली
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक क्षणिक स्वार्थ र लाभका लागि गर्नु नहुने बताउनुभएको छ ।

बिहीवार सुनसरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीति देश, जनता र सत्य स्थापनाका लागि हुनुपर्ने बताउनु भयो । उहाँले नेपाली काँग्रेसले संसदमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लगाउँदै संसद अवरुद्ध गरिरहेको र एउटा पात्रका बिरुद्ध खनिएको भन्दै आपत्ति जनाउनु भयो । उहाँले काँग्रेस जस्तो पार्टी रवि लामिछानेको बिरुद्धमा खनिनु भनेको भँगेरा मार्न तोप बोकेर जानु सरह भएको टिप्पणी गर्नुभयो । उहाँले लामिछाने राजनीतिमा आएको एक वर्ष भएको बताउनु भयो । उहाँले काँग्रेसले अघिल्लो दिन प्रधानमन्त्रीमा प्रश्ताव गर्ने र प्रश्ताव नमानेपछि सहकारी ठगको आरोप लगाउने अघ्र्यल्याईं गरेको आरोप लगाउनु भयो । संसदमा मुर्दावादको नारा लगाउन नमिल्ने र अप्रमाणित कुरा संसदमा बोल्न नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राजनीति गर्नुपर्छ तर राजनीति देशका लागि, जनताका लागि, सत्य स्थापनाका लागि हुनुपर्छ । राजनीतिक क्षणिक स्वार्थका लागि र क्षणिक लाभका लागि जानु हुँदैन । एक पल्ट एउटा कुरा अर्को पल्ट अर्को कुरा । त्यही परिस्थिति एक समय एकदम उचित, अर्को समय अनुचित यस्तो पनि हुनु हुँदैन । अहिले नेपाली काँग्रेसले केही सवाल उठायो, उठाएको पनि कुनै ठूलो कुरो भएको भए हुन्थ्यो, रवि लामिछाने की को भन्ने पात्रका बिरुद्ध काँग्रेस खनिएको छ । काँग्रेस जस्तो पार्टी रवि लामिछानेका बिरुद्ध खनिएको छ । के खनिनु । भँगेरा मार्न जाने तोप बोकेर । बल्लबल्ल राजनीतिमा आएको, एक वर्ष भयो । खैर अहिलेको उपप्रधानमन्त्री हुनुहुन्छ उहाँ, म सम्मान गर्दछु उहाँलाई उपप्रधानमन्त्रीको हैसियतले । तर नेपाली काँग्रेसले दुई तिरबाट अघ्र्यलाईं गरेको छ । एउटा बेलुका गएर तपाईं डेढ वर्ष प्रधानमन्त्री पहिलो प्रधानमन्त्री तपाईं खानुस् भन्ने । उसले त्यो कागजमा सही नगरेपछि भोलिपल्ट सहकारीको ठग भन्ने । यो त सत्य हो नि त । यस्तो गर्नु हुँदैन । रातिसम्म प्रधानमन्त्रीका लागि ठिक, म यता लाग्न सक्दिन भनेपछि त्यसोभए तँ सहकारीको ठग । अलि मिलेन । एउटा व्यक्तिको नाम लिएर संसदमा सहकारीको ठग कहाँ प्रमाणित भयो । भ्रष्टाचारी ठहर भएको मान्छे संसदमा उभिएर सहकारी ठग भनिरहेको छ । संसदमा मुर्दावादको नारा लगाइँदैन । त्यसलाई राम्रो मानिँदैन । अप्रमाणित कुरा संसदमा बोलिँदैन ।’

अध्यक्ष ओलीले कान्तीपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकताको विषयमा छानबिन गर्न पक्राउ गरिएको बताउनु भयो । उहाँले सिरोहिया पक्राउ पर्दा कसरी प्रेस स्वतन्त्रतामाथिको हमला भयो ? भन्दै प्रश्न समेत गर्नुभयो । नागरिकताको कुरालाई प्रेस स्वतन्त्रतामाथिको हमलाका रुपमा बुझ्न नहुने उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘कैलाश सिरोहिया कान्तीपुर भन्ने पत्रिकाका सञ्चालक उहाँलाई नागरिकताको विषयमा उहाँको नागरिकता झुटो नागरिकता भयो, कीर्ते नागरिकता भयो, नागरिकता दिने मान्छेको नाम छैन, दिनेको सही छैन आदि भन्नेकुरा अखबारमा नै आए । तर त्यसको छानबिन सरकारले गर्‍यो । अदालतलाई भन्यो, यस्तो यस्तो छानबिन गरेँ, उहाँलाई गिरफ्तार गरेरै छानबिन गर्नुपर्छ, किनभने प्रमाण लुकाउने नष्ट गर्ने सम्भावना देखियो । जोसुकैलाई थुन्न पाउँ भन्दा अदालतले थुन्न दिँदैन नि । छानबिन गर भन्छ । अदालतले आदेश गरेपछि प्रहरीले समात्यो । यो प्रेस स्वतन्त्रतामाथिको हमला रे । प्रेस कहाँबाट जोडियो । नागरिकताको पो कुरा होला त, प्रेस कहाँबाट आयो । यो खालका हल्लाका पछि लाग्दैन । डेमोक्रेसी खतरा भयो । वक्तव्यको होडबाजी भयो ।’

अध्यक्ष ओलीले सांसद डा.शुनिल शर्मा र काँग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ पर्दा चुइँक्क नबोलेको भन्दै अहिले आएर रवैया देखाउनु अशोभनीय रहेको बताउनु भयो । न्यायको अगाडि सबै बराबर रहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल