• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी ★   चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण ★   बागमती र सुदूरपश्चिम प्रदेशमा आज भारी वर्षाको सम्भावना ★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट

मायादेवी पदमार्गको विकास र लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि मायादेवी ट्रेल रनको आयोजना



लुम्बिनी – मायादेवी पदमार्गको विकास र लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि मायादेवी ट्रेल रनको आयोजना गरिएको छ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) र यसका साझेदारहरूको सहयोगमा मायादेवी ट्रेल रनका लागि आज तिलौराकोटमा १०४ भन्दा बढी धावकहरू भेला भएका थिए । बुद्ध जयन्ती तथा बुद्धले बुद्धत्व प्राप्त गरेको दिनको अवसरमा आयोजित मायादेवी ट्रेल रनले यस क्षेत्रको पर्यटन विकास र लगानीको सम्भाव्यतालाई उजागर गरेको जानकारी गराईएको छ ।

मायादेवी पदमार्गले बुद्धकी आमा रानी मायादेवी हिँडेको बाटोलाई पछ्याउँछ । उनले कपिलवस्तुको दरबारबाट देवदहस्थित आफ्नो माइतीघरसम्म यात्रा गरी अन्तत: राजकुमार सिद्धार्थलाई पवित्र बगैँचामा जन्म दिएकी थिइन् ।

‘मायादेवी पदमार्गको विकासले अद्वितीय किसिमको अनुभव प्रदान गर्ने उद्देश्य राखेको छ’ अमेरिकी दूतावासका नियोग उपप्रमुख जेसन मिक्सले भन्नुभयो । ‘विश्वभरका पर्यटकहरू यस ऐतिहासिक पदमार्गमा हिँड्न सक्नेछन् । यसबाट यो क्षेत्र र देशकै समृद्धिमा योगदान पुग्न सक्छ ।’

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले भन्नुभयो, ‘पर्यटकीय विकासको माध्यमबाट लुम्बिनीलाई रूपान्तरण गर्ने यो पहिलो कदम हो। मायादेवी ट्रेलको विकास र बजारीकरण गर्न युएसएआईडीको सहयोगका लागि हामी आभारी छौं। यसले लुम्बिनी प्रदेश सरकारलाई आर्थिक नीतिमार्फत पर्यटन र सम्बन्धित गतिविधिहरूलाई प्राथमिकता दिन मद्दत गरेको छ।’

लुम्बिनी विकास कोष, नेपाल पर्यटन बोर्ड, योङ्ग इन्नोभेसन्स र अन्यसँगको सहकार्यमा युएसएआईडीले मायादेवी पदमार्गमा रहेका विभिन्न पर्यटकीय सम्पदालाई उजागर गर्न र निजी तथा सरकारी दुवै क्षेत्रको लगानी आकर्षित गर्न नवीन प्रविधि र साझेदारीको प्रयोग गरिरहेको छ । २०२२ देखि, युएसएआईडी को सहयोगले पर्यटन क्षेत्रका व्यवसायहरूलाई बिक्रीमा लगभग लगभग करिब ७० लाख अमेरिकी डलर बराबरको आर्जन गर्न मद्दत गरेको छ र नेपालमा पर्यटनको लागि १ करोड १० लाख डलर बराबरको नयाँ लगानीमा उत्प्रेरित गरेको छ।

यस कार्यक्रमअन्तर्गत चितवनका ५३ ओटा होटल तथा रेस्टुरेरेन्टमा सेवा स्तरोन्नति, १५३ ओटा समुदायमा आधारित होमस्टेको बढोत्तरी, अन्नपूर्ण सर्किट पदमार्गमा रहेका २५ ओटा लजहरूको पुनस्थापना र मायादेवी पदमार्गको प्रवर्द्धन लगायतका कार्यहरू रहेका छन् । अमेरिका र नेपालबिचको साझेदारीका ७७ वर्ष मनाइरहँदा यो कार्य नेपालको समावेशी आर्थिक वृद्धिलाई मजबुत बनाउने अमेरिकी सरकारको प्रयासको महत्त्वपूर्ण हिस्सा हो ।