२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मायादेवी पदमार्गको विकास र लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि मायादेवी ट्रेल रनको आयोजना



अ+ अ-

लुम्बिनी – मायादेवी पदमार्गको विकास र लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि मायादेवी ट्रेल रनको आयोजना गरिएको छ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) र यसका साझेदारहरूको सहयोगमा मायादेवी ट्रेल रनका लागि आज तिलौराकोटमा १०४ भन्दा बढी धावकहरू भेला भएका थिए । बुद्ध जयन्ती तथा बुद्धले बुद्धत्व प्राप्त गरेको दिनको अवसरमा आयोजित मायादेवी ट्रेल रनले यस क्षेत्रको पर्यटन विकास र लगानीको सम्भाव्यतालाई उजागर गरेको जानकारी गराईएको छ ।

मायादेवी पदमार्गले बुद्धकी आमा रानी मायादेवी हिँडेको बाटोलाई पछ्याउँछ । उनले कपिलवस्तुको दरबारबाट देवदहस्थित आफ्नो माइतीघरसम्म यात्रा गरी अन्तत: राजकुमार सिद्धार्थलाई पवित्र बगैँचामा जन्म दिएकी थिइन् ।

‘मायादेवी पदमार्गको विकासले अद्वितीय किसिमको अनुभव प्रदान गर्ने उद्देश्य राखेको छ’ अमेरिकी दूतावासका नियोग उपप्रमुख जेसन मिक्सले भन्नुभयो । ‘विश्वभरका पर्यटकहरू यस ऐतिहासिक पदमार्गमा हिँड्न सक्नेछन् । यसबाट यो क्षेत्र र देशकै समृद्धिमा योगदान पुग्न सक्छ ।’

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले भन्नुभयो, ‘पर्यटकीय विकासको माध्यमबाट लुम्बिनीलाई रूपान्तरण गर्ने यो पहिलो कदम हो। मायादेवी ट्रेलको विकास र बजारीकरण गर्न युएसएआईडीको सहयोगका लागि हामी आभारी छौं। यसले लुम्बिनी प्रदेश सरकारलाई आर्थिक नीतिमार्फत पर्यटन र सम्बन्धित गतिविधिहरूलाई प्राथमिकता दिन मद्दत गरेको छ।’

लुम्बिनी विकास कोष, नेपाल पर्यटन बोर्ड, योङ्ग इन्नोभेसन्स र अन्यसँगको सहकार्यमा युएसएआईडीले मायादेवी पदमार्गमा रहेका विभिन्न पर्यटकीय सम्पदालाई उजागर गर्न र निजी तथा सरकारी दुवै क्षेत्रको लगानी आकर्षित गर्न नवीन प्रविधि र साझेदारीको प्रयोग गरिरहेको छ । २०२२ देखि, युएसएआईडी को सहयोगले पर्यटन क्षेत्रका व्यवसायहरूलाई बिक्रीमा लगभग लगभग करिब ७० लाख अमेरिकी डलर बराबरको आर्जन गर्न मद्दत गरेको छ र नेपालमा पर्यटनको लागि १ करोड १० लाख डलर बराबरको नयाँ लगानीमा उत्प्रेरित गरेको छ।

यस कार्यक्रमअन्तर्गत चितवनका ५३ ओटा होटल तथा रेस्टुरेरेन्टमा सेवा स्तरोन्नति, १५३ ओटा समुदायमा आधारित होमस्टेको बढोत्तरी, अन्नपूर्ण सर्किट पदमार्गमा रहेका २५ ओटा लजहरूको पुनस्थापना र मायादेवी पदमार्गको प्रवर्द्धन लगायतका कार्यहरू रहेका छन् । अमेरिका र नेपालबिचको साझेदारीका ७७ वर्ष मनाइरहँदा यो कार्य नेपालको समावेशी आर्थिक वृद्धिलाई मजबुत बनाउने अमेरिकी सरकारको प्रयासको महत्त्वपूर्ण हिस्सा हो ।