३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

रास्वपा केन्द्रीय समितिको बैठक सुरु

रास्वपा केन्द्रीय समितिको बैठक सुरु
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सुरु भएको छ ।

वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बैठक जारी छ । महामन्त्री विपीन आचार्यका अनुसार बैठकका लागि १० वटा एजेण्डा तय गरिएको छ।

बैठकले पदाधिकारी, केन्द्रीय सदस्य, सचिवालय सदस्य तथा विभाग प्रमुख चयन गर्नेछ। आजको बैठकबाट कोषाध्यक्ष र प्रवक्तासहित केही पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनीत गर्ने तयारी छ।

रास्वपाको विधानअनुसार सभापतिले वरिष्ठ नेता, उपसभापति, महामन्त्री, दुई सहमहामन्त्री, कोषाध्यक्ष, दुई सहकोषाध्यक्ष, प्रवक्ता र तीन सहप्रवक्ता मनोनीत गर्ने व्यवस्था छ।

यसैगरी, महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। केन्द्रीय सभापति र प्रदेश सभापतिहरू पनि स्वत: केन्द्रीय सदस्य हुने व्यवस्था छ। १५८ सदस्यीय केन्द्रीय समितिमा अब सभापतिले ५१ जना केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ।

चितवनमा सम्पन्न महाधिवेशनबाट सभापतिमा रवि लामिछाने, उपसभापतिमा डा। स्वर्णिम वाग्ले र सोविता गौतम, महामन्त्रीमा विपीन आचार्य तथा सहमहामन्त्रीमा हरि ढकाल, असिम शाह र निशा डाँगी निर्वाचित भइसकेका छन्।

२८ विभागका प्रमुख चयन हुँदै

बैठकले पार्टीका विभागीय प्रमुखसमेत मनोनयन गर्नेछ। रास्वपाको संशोधित विधानअनुसार पार्टीमा २८ वटा विभाग छन्। तीमध्ये सांगठनिक तथा परिचालनतर्फ १२ वटा र सार्वजनिक नीति तथा विषयगततर्फ १६ वटा विभाग छन्।

सांगठनिक तथा परिचालनतर्फ नीति तथा विचार, संगठन, प्रशिक्षण, अभियान तथा प्रचार–प्रसार, आन्तरिक सूचना प्रविधि तथा प्रणाली, मानव पुँजी स्वयंसेवक तथा प्रशासन, सामाजिक न्याय लैङ्गिक समानता तथा समावेशिता, कानुनी मामिला तथा संस्थागत अनुपालन, सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन, र्‍याट, स्वदेश सम्पर्क ९प्रदेश, जिल्ला तथा पालिका० र प्रवास सम्पर्क विभाग रहेका छन्।

त्यस्तै, सार्वजनिक नीति तथा विषयगततर्फ सुशासन तथा राज्य व्यवस्था, विधायन संसदीय मामिला तथा न्याय प्रणाली, अर्थ, कृषि भूमि व्यवस्था तथा सहकारी, शिक्षा तथा मानव पुँजी विकास, जनस्वास्थ्य, पूर्वाधार, उद्योग वाणिज्य तथा लगानी प्रवर्द्धन, श्रम रोजगार तथा सामाजिक सुरक्षा, आपूर्ति बजार सुशासन तथा उपभोक्ता अधिकार, विज्ञान सूचना प्रविधि नवप्रवर्तन तथा स्टार्टअप, वातावरण जलवायु तथा प्राकृतिक स्रोत, संस्कृति पर्यटन तथा राष्ट्रिय सम्पदा, सामाजिक न्याय तथा समता प्रवर्द्धन, युवा सशक्तीकरण तथा खेलकुद र अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभाग रहेका छन्।

बैठकले स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समितिका सदस्य मनोनयन सम्बन्धमा पनि निर्णय गर्ने जनाइएको छ।