१६ श्रावण २०८३, शनिबार
,
Latest
हिंसाबाट सत्ता परिवर्तन गर्ने सोच हाबी भयोः राधेश्याम अधिकारी ‘केही नेपाल ऐन संशोधन’मार्फत कानून बदल्ने अभ्यास गलतः काँग्रेस सांसद खाती विश्वप्रसिद्ध नेपाली आरोही निर्मल ‘निम्सदाइ’ पुर्जाको निधन सरकारले राष्ट्रिय सभाका सांसदको सुझाव नै मान्दैनः नेकपा नेता सुवेदी सहकारी ठगीको मुद्धा हेर्न समर्पित इजलास गठन गर्न अनुरोध सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन धनुषामा गृहमन्त्रीसँग हिन्दु सम्राट सेना लगायतका आन्दोलनकारी पक्षबीच वार्ता जारी चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन मधेशमा रोपाइँ ९१ दशमलव ५५ प्रतिशत सामाजिक सद्भाव भाँड्न खोजेको अभियोगमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलः कसरी च्याम्पियन बन्यो केकेआर ?



अ+ अ-

काठमाडौँ । कोलकाता नाइट राइडर्सले मे २६ मा आफ्नो १० वर्ष लामो उपाधि खडेरीको अन्त्य गर्‍यो । टोलीले चेन्नईमा सनराइजर्स हैदरावादलाई पराजित गर्दै आईपीएल उपाधि जितेको हो ।

कोलकाताले आईपीएल उपाधि जितेको यो तेस्रो पटक हो । यसअघि ्टोलीले २०१२ र २०१४ मा उपाधि जितेको थियो ।

चेन्नईमा भएको फाइनल खेलमा हैदरावादका कप्तान प्याट कमिन्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका थिए । टोलीका तुफानी ब्याट्सम्यानहरू चाँडै आउट भएपछि उनको यो निर्णय सही साबित भएन र टोली ११३ रनमा ढलेको थियो । कोलकाताले दुई विकेट गुमाएर खेल सहजै जित्यो ।

कोलकाताले २०१२ र २०१४ मा उपाधि जित्दा गौतम गम्भीर यस टोलीका कप्तान थिए । यस पटक उनी टोलीको मेन्टर बने र टोलीलाई उपाधि दिलाए । गम्भीरको म्यान म्यानेजमेन्ट निकै उत्कृष्ट छ । यही कारणले गर्दा उनी जुनसुकै टोलीमा थिए, उनले धेरैजसो अवसरमा सफलता ल्याए ।

टोली हार्दा पनि गम्भीरले खेलाडीको आत्मविश्वास गुम्न दिएनन् । यही कारणले गर्दा प्रत्येक खेलमा टोली आत्मविश्वासले भरिएको देखियो ।

अक्सनमा अस्ट्रेलियाका बायाँ हाते फास्ट बलर मिचेल स्टार्कलाई कोलकाताले २४.७५ करोड भारु दिएपछि धेरैलाई आश्चर्य लागेको थियो । स्टार्कले पनि आईपीएलमा राम्रो सुरुवात गर्न सकेनन् । टोलीले स्टार्कमा खर्च गरेको पैसा खेर गएको भन्दै उनको आलोचना हुन्थ्यो । तर ठूला खेलहरूमा स्टार्कको बलियो प्रदर्शनले यो सोच गलत थियो भन्ने प्रमाणित गर्‍यो ।

उनले पहिलो क्वालिफायरमा हैदरावादविरुद्ध तीन ठूला विकेट लिएका थिए । यसपछि उनले फाइनल खेलमा पनि हैदरावादलाई कमजोर बनाए । यी दुई खेलको आधारमा स्टार्कले आफूमाथि पैसाको वर्षा गरेर गम्भीरले आफूमाथि देखाएको विश्वासको योग्य रहेको प्रमाणित गरे ।

वेस्ट इन्डिजका मिस्ट्री स्पिनर सुनिल नारायण विश्वकै उत्कृष्ट टी–२० स्पिनर हुन् । तर यो सिजन फेरि सुनिल नारायणको ब्याटको शक्ति सबैले देखे । नारायणले ओपनिङको जिम्मेवारी लिए र धेरै रन बनाए । यो सिजन उनले शतक समेत बनाएका छन् । कोलकाताको जितमा नारायणको ब्याटले बलिङभन्दा बढी योगदान पुर्‍यायो ।

गम्भीर कोलकातामा हुँदा पनि यो टोलीको बल स्पिनर नै थियो । त्यसबेला यो टोलीमा पियुष चावला, नारायण र कुलदीप यादव थिए । अहिले टिममा नारायण, वरुण चक्रवर्ती र सुयश शर्मा जस्ता स्पिनर छन् । टोलीको सफलतामा स्पिनरको योगदान पनि उत्कृष्ट रह्यो ।

श्रेयस अय्यरले आफू राम्रो कप्तान भएको प्रमाणित गरिसकेका छन् । उनको कप्तानीमा दिल्ली क्यापिटल्सले सन् २०२० मा पहिलो पटक फाइनल खेलेको थियो । आफ्नो कप्तानीमा उनले लगातार दिल्लीलाई प्लेअफमा पुर्‍याइरहेका थिए । अय्यरले यहाँ पनि उस्तै शानदार कप्तानी देखाए र कोलकातालाई जित दिलाए ।