२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

तपाई यसरी पुजा गर्नुहोस्, रातारात धनी बन्न सक्नुहुनेछ !



अ+ अ-

जीवनमा जसले धेरै धन कमाउँछ त्यो व्यक्तिको नाम जहाँ पनि अगाडी रहन्छ । जीवनको ठूलो सफलता र संघर्ष नै धन कमाउनु हो । त्यसैले आज हामीले तपाईहरुलाई कुन भगवानको उपसना गर्नाले धन कमाउन सकिन्छ भन्ने बारेबताउन गइरहेका छौँ ।

लक्ष्मी हिन्दु धर्ममा धन तथा सुन्दरताकी देवी हुन । लक्ष्मी शब्द का सर्वप्रथम उल्लेख ऋग्वेदू के पुरूषसूक्तमा भेटिन्छ। श्रीश्च ते लक्ष्मीश्च ऊषाण। हे परमेश्वर, अनन्त शोभास्वरूप श्री र अनन्त शुभ लक्षण युक्त लक्ष्मी दुवै हजुरको पत्नी हुन। तंत्रागम का अनुसार सर्वोत्तम अवस्थामा विष्णु और उनको शक्ति लक्ष्मी एकै परमात्मा हुन। विष्णु र लक्ष्मी एक–आपसमा अभिन्न छन्।केवल सृष्टिको समयमा भिन्न देखिन्छन्। स्त्रीको चौसठ्ठि कला मानिएको छ। चौसठ्ठि कला युक्त महिला लाई लक्ष्मी पनि भनिन्छ। सौभाग्य, समृद्धि , सफलता, सम्पन्नता र सुन्दरताको अर्थमा पनि लक्ष्मी शब्द प्रयुक्त हुने गर्दछ। भगवती दुर्गाको हजार नाममा एक नाम लक्ष्मी पनि हो।तर हामी फरक कुरामा चर्चा गर्ने छौं ।

जुन कुरा शास्त्रमा समेत उल्लेख गरिएको छ । देवता मध्येका सबैभन्दा धनि देवता कुवेरको सधैभरि उपसना गरेमा धन लाभ हुने बताइएको छ । यो कलियुग हो त्यसैले हरेक काम गर्नुपुर्व जो कोहीलाई पनि खुसी पार्न सक्नु पर्छ । त्यसैले तपाई धन आर्जन गर्न चाहनुहुन्छ भने भगवान कुवेरलाई खुुसी पार्नु जरुरी रहेको छ ।भगवान शिवले पनि आफु प्रसन्न बनेर कुबेरलाई यस्तो जिम्मा दिएका थिए ।

पौराणीक कथामा बताए अनुसार सामान्य परिवरमा हुर्किएका कुवेर भगवान शिवको कठोर तपस्या गर्ने गर्थे । कुबेरले आफुप्रति गरेको यस्तो तपस्याको कारण भगवान शिव प्रसन्न भएर संसारका सम्पतिको अधिपत्य कुबेरलाई नियुक्ति गरेका थिए । शिव भगवानले दिएको यो अनुग्रहको कारण कुबेरमा प्रसन्नताको सिमा नै थिएन् । एक दिन शिव भगवानको मनमा कुबेर देखेर लालच छायो र कुबेरलाई शिक्षा सिकाउन आफ्नो पुत्र गणेशलाई पठाए ।

गणेशले कुबेरलाई एक दिन सबै देवताहरुलाई भोजको आयोजना गर्न आग्रह गरे । उक्त भोजमा सबैभन्दा पहिला नै पुगेर सबै भोजन खाइदिए । भोकले निकै रुखिएर कुबेर कहाँ पुगेका गणेशलाई यति धेरै भोक लागेको थियो की उनले कुबेरको घरमा भएको सबै खानेकुराहरु खाइदिए । त्यसपछि केही खाने कुरा नपाएका गणेशले कुबेरलाई नै खान्छु भने । त्यसपछि भगवान गणेश देखि डराएका कुबरले आफुले गल्ती गरेको महसुस गरेर आफ्नो शक्तिको गलत प्रयोग नगर्न प्रण गरे । अन्ततः यहि बाचापछि धनका देवताको रुपमा स्थापित भए । त्यसकारण मानिसहरु धनको आह्वान गर्नुको लागि गणेश जी लाई पुकार्ने गर्छन् ।

यस्तो छ कुबेर यन्त्र
तामाको एक प्लेटबाट कुबेर यन्त्र बनेको हुन्छ । त्यो नै कुबेरको यन्त्र हो । यसमा ७२ कतार र ७२ वर्ग हुन्छ । जीवनमा सुखी सम्पन्न र ऐश्वर्या प्राप्त गर्नको लागि कुबेर ७२ अंकलाई शुभ मानिन्छ । यस्तो यन्त्रलाई आफ्नो घर, अफिस तथा पसलहरुमा राख्न सकिन्छ । त्यसैले धन कमाउनको लागि हरेक बिहान कुबेर यन्त्रको पुजा गर्नुपर्छ ।

यी कुरामा विशेष ख्याल राख्नुपर्छ

कुबेर यन्त्र हरेक पटक आफ्नो आँखाले देख्ने गरेर राख्नु पर्छ । यसलाई राख्दा एक सतहमा राख्नु पर्ने हुन्छ । यसको मुख उत्तर वा पूर्वी दिशामा फर्काएर राख्ने गर्नुपर्छ । हरेक बिहान पुजा गर्दा सुगन्धित धुप बाल्नु पर्ने हुन्छ । जसले गर्दा घरमा सकारात्मक उर्जा प्रदान गर्छ र नकारात्मक उर्जा हटेर जान्छ ।

बिहान पुजा गर्दा यो मन्त्रको उच्चारण गर्नुहोस्

कुबेर यन्त्रको माध्यममा ध्यान केन्द्रित गरेर भगवान कुबेरको मन्त्र जप गर्नुपर्छ ।


ॐ श्रीं ह्रीं क्लीं श्रीं क्लीं वित्तेश्वराय नमः
यो मन्त्र हरेक बिहान २१ या १०८ पटक जप गर्नुहोस् ।

पुजा सामाग्री

धनका देवताको रुपमा पूजिने कुबेरको पूजा गर्दा हल्दी, जल, उखु, कुबेर यन्त्र, पहेलो बस्त्र, कलश, आँपको पात, पुष्प अक्षता, चन्दन, कुमकुम, पीपलको पात, सुपारी, दीप, घ्यू, तेल, दही, धूप, आदि आवश्यकता पर्छ ।

यसरी गर्नुपर्नेछ पुजाः

शुक्ल पक्षको कुनैपनि शुक्रबार रात्रीमा कुबेरको पुजा शुभारम्भ गर्नुपर्नेछ । भोलिपल्ट बिहान काममा जानु भन्दा अगाडी कुबेरको आशिक लिएर घरबाट निस्किएमा तपाईलाई जीवनमा धनि भएको महसुस हुनेछ ।




भर्खरै