२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत आज काठमाडौँ र ललितपुरका झण्डै १०० स्थानमा ४ घण्टा विद्युत् अवरुद्ध हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानसंग जित्दा पनि विश्वकपबाट बाहिरियो वेस्ट इन्डिज



अ+ अ-

काठमाडौं । एकदिवसिय विश्वकप क्रिकेट अन्तर्गत अफगानिस्तानले आफ्नो अन्तिम खेलमा २३ रनको हारव्यहोरेको छ । अफगानिस्तान वेस्ट इन्डिज संग २३ रनले पराजित भएको हो ।

वेस्ट इन्डिजले दिएको ३ सय १२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ९ खेलमा ९ चोटी नै पराजित हुँदै अंक बिहीन हुँदै बाहिरीएको छ । त्यस्तै वेस्ट इन्डिजले ९ खेलमा २ खेल जितेपनि विश्वकपबाट बाहिरीएको छ ।

अफगानिस्तान निर्धारित ५० ओभरमा अल आउट हुँदै २ सय ८८ रनमा अल आउट भएको थियो । वेस्ट इन्डिजले ३ सय १२ रनको लक्ष्य दिएको थियो । अफगानिस्ताका लागि युवा विकेटकीपर इकराम अलीखीलले सर्वाधिक ८६ रनको योगदान दिएका थिए । त्यस्तै ओपनर रामत शाहले ६२, कप्तान गुलबदीन नाइब ५, नजीबुउल्लाह जदरान ३१, केमर रोचले मोहम्मद नाबी २ र शमीउल्लाह शिनवारी ६ रनमा आउट भएपछि अफगान्सितान कमजोर अवस्थामा पुगेको थियो ।

वेस्ट इन्डिजका लागि कार्लोस बर्थवेटले ४, केमर रोचले २ र क्रिस गेल एवं ओसन थोमसले एकएक विकेट लिए ।

टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजका लागि ३ सय ११ रन बनाउँन शाई होपले सर्वाधिक ७७ रन बनाए । त्यस्तै निकोलस पुरनले ५८ रनको योगदान दिए । कप्तान जोसन होल्डर ४५ रनमा क्याच आउट भए ।

ओपनर क्रिस गेल ७ रनमा क्याच आउट भए । इभिन लुईस ५८ रनमा आउट भए । शाही होपले ९२ बलमा ७७ रन प्रहार गरे । कार्लोस वर्थवेट ४ बलमा १ छक्का र २ चौका सहित १४ रनमा अविजित रहे । दवालत जदरानले अफगानिस्तानका लागि २ विकेट ल्याउँदा मोहम्मद नाबी, सईद शिरज़ाद र राशिद खानले एक एक विकेट लिए ।

योसँगै अफगानिस्तान र वेस्ट इन्डिजको यो पटकको विश्वकप यात्रा यहिँ समाप्त भएको छ ।




भर्खरै