११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा

नेपाल ईन्जिनियर्स एशोसिएसन ५७ वर्षमा प्रवेश, सम्मानदेखि सेमिनारसम्मका कार्यक्रम गर्ने घोषणा

नेपाल ईन्जिनियर्स एशोसिएसन ५७ वर्षमा प्रवेश, सम्मानदेखि सेमिनारसम्मका कार्यक्रम गर्ने घोषणा
अ अ+ अ-

काठमाडौं । नेपाली ईन्जिनियरहरुको छाता संगठन नेपाल ईन्जिनियर्स एशोसिएसनले ५६ वर्ष पुरा गरी ५७ वर्षमा प्रवेश गरेको अवसरमा विविध कार्यक्रम गरी मनाउने घोषणा गरेको छ ।

नेपाल ईन्जिनियर्स एशोसिएसनले हरेक वर्ष श्रावण ३ गतेलाई “ईन्जिनियर दिवस” को रुपमा विभिन्न कार्यक्रमहरुसहित मनाउँदै आएको छ । यो वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त दिवस उद्घाटन गर्ने कार्यक्रम रहेको एशोसिएनले शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।

कार्यक्रममा एशोसिएसनका अध्यक्ष ई. प्रा.डा. त्रिरत्न बज्राचार्यले अहिलेको विश्वसको लागि ज्ञान नै ठूलो पुँजी भएको भन्दै चीन, सिंगापुरजस्ता विकसित राष्ट्रमा ईन्जिनियरहरुले देश हाँकेको सुनाए । उनले यो वर्षको ईन्जिनियर दिवसका अवसरमा आयोजित विभिन्न सत्रहरुबाट आएका सुझावहरुलाई एकीकृत गरेर सरकारलाई बुझाउनेपनि स्पष्ट पारे ।

आफूहरुले पनि ‘ज्ञान नै शक्ति र श्रम नै भक्ति’ हो भन्ने मूल नारा आत्मासत गरेर अघि बढ्दै आएको बज्राचार्यले बताए । उनले भने,‘अहिले हामी ५२ हजार ईन्जिनियरहरु रजिस्टर छौं । अहिले विभिन्न ४२ विधा छन् । हाम्रो मुल लक्ष्य भनेको नै सबै ईन्जिनियरहरुलाई एक बनाउने हो ।’
उनले एशोसिएसनले अहिले गुणस्तरीय ईन्जिनियरिङ सेवा र शिक्षालाई एकसाथ अघि बढाएको पनि विश्वास दिलाए । त्यस्तै, यो पेशा नै जोखिमयुक्त पेशा भएकोले आफूहरुले ईन्जिनियहरुको सामूहिक दुर्घटनाको माग गरेको पनि उनले स्पष्ट पारे ।

ईन्जिनियर दिवस समारोहमा मुलुकको समग्र पूर्वाधार विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएका ईन्जिनियरहरुको योगदानलाई समाजमा उजागर गर्ने उद्देश्यका साथ यस वर्ष एशोसिएसनले आगामी २०७६ साउन ३ र ४ गते दुई दिनसम्म भव्यताका साथ मनाउनका लागि काठमाडौभित्र राष्ट्रियसभा गृह प्रदर्शनीमार्ग, र बाहिर प्रदेश राजधानीस्थित् एशोसिएसनका प्रादेशिक कार्यालयहरु धनगढी, सुर्खेत, बुटवल, पोखरा, हेटौंडा, जनकपुर र विराटनगरमासमेत विविध कार्यक्रमहरुको तय गरि मनाउन लागिएको पनि एशोसिएसनले स्पष्ट पारेको छ । त्यस्तै, उक्त अवसरमा ईन्जिनियर समुदायको तर्फबाट समाज तथा राष्ट्रका लागि उत्कृष्ट योगदान पु¥याउने ईन्जिनियर÷आर्किटेक्ट तथा संस्थालाई ६ओटा विधामा सम्मान गरिने कार्यक्रम रहेको पनि एशोसिएसनका महासचिव ई. छविराज पोख्रेलले जानकारी दिए ।

उनकाअनुसार लाईफ टाईम अचिभमेन्ट अवार्ड (५ जना सदस्यहरुले संयुक्त सिफारिस गरी पठाउनुपर्ने), डिस्टिंग्युस्ड ईन्टरप्रेनरसिप अवार्ड, मार्टी ई. नवराज विष्ट मेमोरियल अवार्ड, आउटस्ट्याण्डिङ युथ प्रोफेस्नल अवार्ड, आउटस्ट्याण्डिङ वुमन ईन्जिनियर अवार्ड र ईन्जिनियर्स अप्रिसिएसशन अवार्ड प्रदान गरिने कार्यक्रम रहेको छ ।

विकासका कार्यक्रम लिएर जनताको घरदैलोमा पुग्ने इन्जिनियरहरुको सेवालाई अधिकारसम्पन्न बनाउनु सरकारको कतव्र्य भएको एशोसिएनको ठम्याई छ । उसले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘यही यथार्थलाई आत्मसात गर्र्दै हामीले यस वर्ष “५७ औं ईन्जिनियर दिवस” को मूल नारा “समृद्ध नेपाल निर्माणका लागि ईन्जिनियरिङ सेवा” तय गरेका छौ ।’समृद्ध नेपाल सुखी नेपालीको नारालाई साकार पार्न ईन्जिनियरहरुको सशक्तिकरण हुनुपर्ने विषयलाई आफूहरुले विगतदेखि नै महत्वका साथ उठाउदै आएको पनि महासचिव पोख्रेलले जनाए ।

विज्ञप्तीमा थप भनिएको छ,‘यस “५७ औं ईन्जिनियर दिवस” को अवसरमा साउन ३ गतेका दिन पूर्वाधार विकासको क्रममा पेशागत ईन्जिनियरहरुले भोग्दै आएका समस्या र चुनौती लगायतका विषयमा गहन वहस हुनुको साथै मूल नारामा केन्द्रित भई गरिने सेमिनारमा नेपाल सरकारका संवन्धित मन्त्रालयका माननीय मन्त्रीज्यूहरु लगायत विभिन्न राजनैतिक दलबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने माननीय युवा नेतृत्वहरुलाई आमन्त्रण गरी ईन्जिनियरिङ र पूर्वाधार विकासको क्षेत्रमा देखिएका समस्या, भईरहेका प्रगतिहरु र अब अबलम्बन गर्नुपर्ने नीतिका सन्दर्भमा ईन्जिनियर समुदायको तर्फबाट पेश गरिने प्रस्तुती उपर विस्तृत छलफल चलाई निष्कर्ष निकालिने छ । विभिन्न प्राविधिक सत्रको विशेष महत्व रहने छ ।’त्यसैगरी साउन ४ गतेका दिन नेपालको उर्जा, सिंचाइ तथा खानेपानी, यातायात पूर्वाधार, संघीयता कार्यान्वयन, सुशासन र सूचना प्रविधिका सम्बन्धमा ३ वटा प्राविधिक सत्रको आयोजना गर्न लागिएको पनि उनले जनाए ।

उक्त दिवसको अवसरमा रक्तदान कार्यक्रम, वृक्षारोपण, विभिन्न विधाका उत्कृष्ट ईन्जिनियर तथा अन्य व्यक्तित्वहरुलाई सम्मान कार्यक्रम, अन्तरकृया तथा सेमिनार र सांस्कृतिक कार्यक्रम आयोजना गरिने पनि एशोसिएनले जनाएको छ ।
पत्रकार सम्मेलनको सञ्चालन एशोसिएसनका उप–महासचिव ई. कपिल आचार्यले गरेका थिए भने कार्यक्रममा कोषाध्यक्ष ई. रामएकबाल यादवको पनि उपस्थिति रहेको थियो ।