१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतसँग श्रीलंका पराजित, अष्ट्रेलिया दोस्रो स्थानमा



अ+ अ-

काठमार्डौं। दिवसिय विश्वकप क्रिकेटमा श्रीलंकालाई पराजित भएको छ । भारतले श्रीलंकालाई ७ विकेटले पराजित गरेको हो ।
श्रीलंकाले दिएको २ सय ६५ रनको लक्ष्य भारतले ४३.३ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो । भारतका लागि ओपनर रोहित शर्मा र के एल राहुलले शतक प्रहार गरे ।

भारतको जितमा रोहितले ९४ बलमा १४ चौका र २ छक्का सहित १ सय ३ रनको योगदान दिए । योसँगै उनले आफ्नो वान डे करिअरको २७ औं शतक पुरा गरे । रोहितले अर्को कृर्तिमानि राखेका छन्, एकै विश्वकपमा पाँच शतक पुरा गर्ने उनी पहिलो ब्याट्सम्यान बनेका हुन् ।

अर्का ओपनर के एल राहुलले पनि १ सय १८ बलमा ११ चौका र १ छक्कासहित १ सय ११ रनको उत्कृष्ट शतक प्रहार गरे । राहुलले १ सय ९ बलमा आफ्नो विश्वकपको पहिलो तथा वान डे करियरको दोस्रो शतक पुरा गरे ।

कप्तान विराट कोहली ३४ रनमा अविजित रहदा ऋषभ पन्त ४, हार्दिक पान्ड्या ७ रनमा आउट भएका थिए।श्रीलंकाका लागि लाथिस मलिंगा,इसुरु उडना र कसुन राजिथाले एक एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ६४ रन बनाएको थियो । जसका लागि एन्जिलो म्याथ्युजले १ सय १३ रनको शतकीय योगदान दिए । म्याथ्युजले १ सय १५ बलमा आफ्नो वान डे करिअरको तेस्रो शतक पुरा गरेका हुन् । उनले वान डे करिअरमा तीनै शतक भारतविरुद्ध प्रहार गरेका हुन् । भारतका लागि जसप्रित बुमराहले ३, भुवनेश्वर कुमार,हार्दिक पान्ड्या, रविन्द्र जडेजा र कुलदीप यादवले एक एक विकेट लिए ।

जितसँगै ९ खेलमा ७ जितेर १५ अंकका साथ भारत शीर्ष स्थानमा उक्लिएको छ । हिजो राति नै भएको अर्को खेलका दक्षिण अफ्रिकासँग अष्ट्रेलिया पराजित भएको छ । योसँगै भारतको शिर्ष स्थान कायम रहेको छ ।

अष्ट्रेलियालाई दक्षिण अफ्रिकाले ३ सय २५ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य पछ्याएको अष्ट्रेलिया ४९।५ ओभरमा अल आउट हुँदै ३ सय १५ रनमा समेटियो । यसो हुँदा अब भारतले न्युजिल्यान्डसँग सेमिफाइनल खेल्ने छ भने अष्ट्रेलियाले इंगल्याण्डसँग खेल्ने छ ।