१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राजिललाई जिताउने खेल भइरहेको छ, यसमा कुनै शंका छैन: मेस्सी



अ+ अ-

काठमाडौं । कप्तान लिओनल मेस्सीले रातो कार्ड पाएको तनावपूर्र्ण खेलमा अर्जेन्टिनाले चिलीलाई हराएको छ र कोपा अमेरिका फुटबलमा तेस्रो भएको छ ।

आइतबार विहान भएको खेलमा अर्जेन्टिनाले चिलीलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।खेलमा खेलमा अर्जेन्टिनाले १२ औं मिनेटमा सर्जिओ एग्युरोको गोलबाट अग्रता लिएको थियो । उनले मेस्सीको पासमा गोल गरेका थिए । १० मिनेटपछि पाउलो डिबलाले गोल गर्दै अग्रता दोब्बर बनाए ।

खेलको ३७ औं मिनेटमा अर्जेन्टिनालाई नराम्रो झड्का लाग्यो, जब मेस्सीले रातो कार्ड पाए । उनीसँगै चिलीका ग्यारी मेडलले रातो कार्ड पाएका थिए ।यो उनको करियरकै दोस्रो रातो कार्ड हो ।खेलपछि मेस्सीले प्रतियोगितामा भ्रष्टाचार भएको आरोप लगाए । मेस्सी खेल सकिएपछि पनि पदक लगाउन मैदानमा गएनन् ।

उनले यो संस्करणको कोपा अमेरिका ब्राजिललाई जिताउने प्रपञ्च भएको बताएका छन् । ‘ब्राजिललाई जिताउने खेल भइरहेको छ, कुनै शंका छैन,’ मेस्सीले भने ।

‘म यो भ्रष्टाचारको भागिदार हुन चाहन्न । म सँधै साँचो बोल्छु, इमान्दार छु, त्यसैका कारण म शान्त पनि छु,’ उनले भने ।

रातो कार्डको सम्बन्धमा मेस्सीले ब्राजिलका बारेमा केही बोलेका कारण आज त्यसको प्रतिशोध लिएको प्रतिक्रिया दिए ।‘पछिल्लो पटक ब्राजिलको विरुद्ध जे भनेँ, त्यसको प्रतिशोध लिएका हुन् । त्यो घटनामा पहेँलो कार्ड पर्याप्त थियो ।’

मेस्सी कोपा अमेरिका जित्न चाहन्थे तर, सेमिफाइनलमा ब्राजिल बाधक बन्यो । चेलीलाई हराउँदै अर्जेन्टिना तेस्रो त भयो तर, मेस्सीले रातो कार्डसँगै प्रतियोगिता अन्त्य गरे । मेस्सीका लागि यो प्रतियोगिता निकै खल्लो भयो । प्रतियोगितामा उनले एक गोल पनि गर्न सकेनन् ।