११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

काठमाडौंबाट चीनको छाङ्सा सीधा हवाई उडान हुने

काठमाडौंबाट चीनको छाङ्सा सीधा हवाई उडान हुने
अ अ+ अ-

काठमाडौं । काठमाडौँबाट चीनको हुनान प्रान्तको राजधानी छाङ्सामा सीधा हवाई उडान हुने भएको छ । हुनान एयरपोर्ट ब्यबस्थापन समूह कम्पनी लिमिटेडकी उप–महाप्रबन्धक हुआङ योङफाङले दिएको जानकारी अनुसार अब हप्ताको दुई पटक काठमाडौँ–छाङ्सा सीधा उडान हुने भएको हो ।

यसअघि हुनानको छाङ्सा जानको लागि छन्तु, खुनमिङ वा अन्य एयरपोर्ट प्रयोग गर्नु पर्ने वाध्यता थियो । सीधा उठान नभएकोले नेपाल र हुनानबीच पर्यटक आदानप्रदान हुन नसकिरहेको उल्लेख गर्दै अब धेरै भन्दा धेरै पर्यटक आउजाउ गर्ने उप–महाप्रबन्धक हुआङले बताइन् ।
काठमाडौँमा बिहीबारबाट सुरु ‘हुनान संस्कृति तथा पर्यटन सप्ताह’ कार्यक्रममा बोल्दै उप–महाप्रबन्धक हुआङले छाङ्सा र नेपालबीच हुनान प्रान्तिय सरकारले पुलको काम गर्न लागेको उनले बताइन् ।

छाङ्सा एयरपोर्टमा दुईवटा टर्मिनल र दुई वटा रनवे रहेका छन् । यो चीनका ठूला ८ एयरपोर्ट मध्ये एक पर्दछ । यो एयरपोर्टबाट एक सय भन्दा धेरै डोमोस्टिक एयरपोर्टमा उडान हुन्छन् भने ४४ वटा अन्तर्राष्ट्रिय एयरपोर्टमा उडान हुने गरेका छन् ।
यो एयरपोर्टमा सम्पूर्ण आधुनिक सुविधाहरु रहेको उप–महाप्रबन्धक हुआङले बताइन् । यो एयरपोर्टबाट ट्रान्जिट उडान पनि गर्न सकिने उनले बताइन् ।

काठमाडौंमा हुनान साँस्कतिक तथा पर्यटन सप्ताह सुरु

काठमाडौं दरवारमार्गस्थित होटल याक एण्ड यतिमा भव्य समारोहको आयोजना गर्दै हुनान साँस्कृतिक तथा पर्यटन सप्ताहको सुभारम्भ गरिएको हो । पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरे, चीनको हुनान प्रान्तिय साँस्कृतिक तथा पर्यटन विभागका सहायक निर्देशक छन् युआनफिङ र काठमाडौंस्थित चिनिया राजदूतावासका नियोग उपप्रमुख याङ स्छाओले सप्ताहको उद्घाटन गरेका हुन् ।
उद्घाट समारोहलाई सम्बोधन गर्दै हुनान प्रान्तिय साँस्कृतिक तथा पर्यटन विभागका सहायक निर्देशक छन् युआनफिङले नेपाल र चीनबीच धेरै विषयमा समानता रहेको र साँस्कृतिक तथा धार्मिक क्षेत्रको आदान प्रदानले यो सम्बन्धलाई अझ प्रगाढ बनाएको बताए । फा स्यान, स्वान चांग लगायतका महामानव हुँदै जनस्तरमा जोडिएको दुई देशबीचको सम्बन्ध दौत्य सम्वन्ध कायम भएपछि अझ घनिष्ठ र सहयोगी बनेको उनको धारणा थियो । गत अप्रिलमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणले हामीबीचको सम्बन्ध अझ वलियो भएको बताउँदै सहायक निर्देशक छन्ले एक हप्तासम्म सञ्चालन हुने हुनान सप्ताहले नेपाली जनतालाई हुनानको प्राचिन संस्कृति, पर्यटन, विकास निर्माण लगायतमा जानकारी प्राप्त हुने विश्वास व्यक्त गरे । हुनानको स्वच्छ पानी र पहाड विश्वमै प्रसिद्ध रहेको जानकारी दिँदै सहायक निर्देशक छन्ले साँस्कृति, पर्यटन हामी दुवै देशको सम्बन्धको दरो आधार बन्न सक्ने बताए । साथै सहायक निर्देशक छन्ले भविष्यमा धेरै नेपाली हुनान घुम्न आउने र धेरै हुनानबासी नेपाल घुम्न आउने मा आफु आशावादी रहेको समेत जानकारी दिए ।


पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले हुनान अत्यन्त सुन्दर एवम् आकर्षक पर्यटकीय प्रान्त भएको भन्दै हुनान र नेपालबीच वलियो धार्मिक तथा साँस्कृतिक समानता रहेको बताए । बुद्धधर्म र सँस्कृतिले नेपाल र हुनानलाई जोडेको प्रसंग उल्लेख गर्दै महानिर्देशक घिमिरेले हुनान सप्ताहले नेपाली जनतालाई हुनानको पर्यटन, चिनिया नेता माओ र समृद्ध हुनानको सँस्कृतिबारे जानकारी लिन मद्दत मिल्ने विश्वास समेत व्यक्त गरे ।


समारोहमा बोल्दै हुनान एयरपोर्ट व्यवस्थापन समूह कम्पनी लिमिटेडका सहायक महानिर्देशक हुवाङ योङफाङले काठमाडौँबाट चीनको हुनान प्रान्तको राजधानी छाङ्सामा अर्को महिनादेखि सीधा हवाई उडान हुने जानकारी दिईन ।


हुवाङ योङफाङले छाङ्सा र नेपालबीच हुनान प्रान्तिय सरकारले पुलको काम गर्न लागेको बताईन । हुवाङ का अनुसार नेपाल र चीनका व्यापार व्यवसायीहरु, विभिन्न कम्पनी तथा दुइ मुलुकका सरकारको सहकार्यमा आउदो महिनादेखि हिमालय एयरलायन्सले काठमाडौं छाङ्सा सीधा उडान भर्नेछ । भगवान बुद्धको जन्मभूमी नेपाल सुन्दर, शान्त र पर्यटकीय आकर्षणको केन्द्र भएकोले चिनिया पर्यटकको नजरमा नेपाल घुम्नै पर्ने गन्तब्य मध्येको एक देशको रुपमा रहेको पनि सहायक महानिर्देशक हुवाङले जानकारी दिईन । सीधा उडान नभएकोले नेपाल र हुनानबीच पर्यटक आदानप्रदान हुन नसकिरहेको उल्लेख गर्दै हुवाङ योङफाङले अब धेरै भन्दा धेरै पर्यटक आउजाउ गर्नेे विश्वास व्यक्त गरिन् ।

चिनिया राजदूतावासका नियोग उपप्रमुख याङ स्छाओले हुुनान सप्ताहले नेपाली जनतालाई हुनान के हो भन्ने बुझ्न सहयोग मिल्ने र हुनान आउन प्रेरित गर्ने बताए । नेपाल घुम्न आउने चिनिया पर्यटकको संख्या निरन्तर बढदै गएको भन्दै उपप्रमुख याङले गतवर्ष मात्र १ लाख ५० हजार चिनिया पर्यटकले नेपाल भ्रमण गरेको जानकारी दिए ।


हुनान सप्ताह सुभारम्भ समारोहमा हुनान प्रान्त, सो प्रान्तको संस्कृति, पर्यटन, खाना, धार्मिक स्थल, विकास निर्माण, पहाड, नदी लगायतका विषयवस्तु समेटिएका तिन दर्जन फोटो तथा डकुमेण्ट्री प्रदर्शन गरिएको थियो ।


उद्घाटन समारोहमा युन थाईशान क्यामिला टुरिज्म गु्रप र आर्डरिफ्ट एडभेन्चर प्रा.लि. तथा हुनान ह्वाथ्यान इन्टरनेस्नल ट्राभल सर्भिस र नेपालको ग्लोवल एशिया टुर्स एण्ड ट्राभल प्रा.लि.बीच पर्यटन आदान प्रदान लगायतका विषयमा सहयोग विस्तार गर्ने सहमतीपत्रमा हस्ताक्षर भएको थियो । नेपाल भ्रमण वर्ष २०२०लाई भव्य रुपमा सफल पार्न र वुद्धको जन्मभूमि नेपाललाई विश्वसामु चिनाउदै धेरै सकेसम्म ठूलो संख्यामा विदेशी तथा चिनिया पर्यटकहरु भित्रियाउने उद्देश्यले सहमतीपत्रमा हस्ताक्षर गरिएको आर्डरिफ्ट एडभेन्चर प्रा.लि.का संस्थापक निर्देशक शिव अधिकारीले जानकारी दिए ।

काठमाडौंस्थित चिनिया साँस्कृतिक केन्द्र र हुनान प्रान्तिय साँस्कृतिक तथा पर्यटन विभागले संयुक्त रुपमा आयोजना गरेको सो समारोहमा उपस्थित सहभागिहरुले हुनानको पर्यटन, संस्कृति, विकास लगायतका विषय पक्ष को जानकारी महत्वपूर्ण भएको र आफुुहरुलाई हुनान जान प्रेरित गरेको प्रतिक्रिया दिएका थिए ।