काठमाडौं । सिरिन्ज आक्रमणमा संलग्न रहेको आशंकामा प्रहरीले एकजनालाई काभ्रेबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाका खगेन्द्र प्रसाद पाठक रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराज सापकोटाका अनुसार बनेपास्थित चार दोबाटो भन्ने स्थानबाट सोमबार दिउँसो पक्राउ गरिएको हो ।
उनी लोकसेवा आयोगको परीक्षा तयारीका क्रममा काभ्रेमा बस्दै आएका थिए । काभ्रेमा दुई साताअघि एक युवतीले आफूमाथि सिरिन्ज आक्रमण भएको भन्दै प्रहरीले उजुरी दिएकी थिइन् ।
सिरिन्ज आक्राणमा उनको संलग्नता रहेको भन्दै स्थानीयले दिएको सूचनामा आधारमा उनी पक्राउ परेको बताइएको छ ।