१९ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्मला पन्तको हत्यामा संलग्नलाई कानूनी कठघरामा ल्याउनेछुः गृहमन्त्री थापा



अ+ अ-

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले निर्मला पन्तलगायतको हत्यामा संलग्नलाई कानूनी कठघरामा ल्याउने कार्यमा सरकार लागिरहेको बताए ।

राष्ट्रियसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत गृह मन्त्रालयसँग सम्बन्धित उठेका प्रश्नको जवाफ दिँदै उनले उक्त कुरा बताएका हुन् ।

सुरक्षा निकायको आवश्यकतानुसार मनोबल उच्च बनाउन आवश्यक सुविधा बढाउने व्यवस्था गरिएको जानकारी दिँदै उनले समग्र शान्तिसुुरक्षालाई थप बलियो बनाई सुरक्षा प्रणालीलाई भरपर्दो र विश्वसनीय बनाइने उल्लेख गरे ।

उनले कैदीबन्दीलाई तालीम प्रदान गरी काममा लगाउन बजेट विनियोजन भएको जानकारी दिए ।
गृहमन्त्री थापाले तस्करीलगायत सङ्गठित अपराधविरुद्ध ठूलो सफलतामा हासिल भएको तथा तस्करी र सङ्गठित अपराध घटाउने विषयमा काम भइरहेको बताए ।

उनले स्थानीय सरकारको नेतृत्वमा लागूऔषध रोकथाम र पुनःस्थापना अभियान सञ्चालन गरी हिंसारहित समाज बनाउने अभियान शुरु गरिएको बताउँदै सीमा नाकामा भएका गतिविधिमा निगरानी गर्न क्यामेरा जडान गरिने जानकारी दिए ।