७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विषादी परीक्षण रोक्ने सरकारी निर्णयप्रति मानव अधिकार आयोगको आपत्ति



अ+ अ-

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले विषादी परीक्षण रोक्ने सरकारी निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ ।

सोमबार विज्ञप्ति जारी गर्दै आयोगले उपभोग्य बस्तुहरुमा विषादीको मात्रा र अवस्थाको जाँच नगरी आयात हुने गरेको पाइएको भन्दै यसबाट आम उपभोक्ता, विषादी प्रयोगकर्ता किसान तथा कामदार र नीति निर्माताहरुको समेत स्वास्थ्यमा गम्भीर असर पर्ने जनाएको छ ।

आयोगले विषादीका कारण सिर्जना हुने मानवीय तथा वातावरणीय क्षती रोक्नुपर्ने सरकारको दायित्व भएकाले आयातित र मुलुकभित्रै उत्पादन हुने तरकारीलगायतका खाद्य बस्तुमा जथाभावी भइरहेका विषादी प्रयोगलाई निरुत्साहित गर्न माग गरेको छ ।

मानवअधिकारलाई मौलिक हकको रुपमा संवैधानिक संरक्षण प्रदान गरी नेपालको संविधानको धारा ४४ ले उपभोक्तालाई गुणस्तरीय बस्तु सेवा पाउने हक हुने एवम् गुणस्तरीय बस्तु र सेवाबाट कसैलाई हानी पुगेमा क्षतीपूूर्ति पाउने हकको सुनिश्चतता गरेको छ । त्यस्तै उपभोक्ता संरक्षण ऐन, २०७५ ले आम उपभोक्ताको सूचित र सुरक्षित हुन पाउने अधिकारलाई सुनिश्चत गरेको छ । त्यस्तै धारा ३०मा स्वच्छ वातावरणको हकको हुने धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको समेत व्यवस्था गरेको छ ।