११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा

अमेरिकी ‘हस्तक्षेप’ का कारण इरानी आणविक समस्या बढेको चीनको आरोप

अमेरिकी ‘हस्तक्षेप’ का कारण इरानी आणविक समस्या बढेको चीनको आरोप
अ अ+ अ-

बेइजिङ । संयुक्त राज्य अमेरिकाको ‘एकतर्फी दादागिरी’ विद्यमान इरान आणविक सङ्कटको कारक भएको चीनले सोमबार बताएको छ ।

चीनको उक्त भनाई अमेरिकाले इरानमाथि एकपछि अर्को गर्दै इरानमाथि लगाइएका आर्थिक नाकाबन्दीपछि इरानले यूरानियम सम्वृद्धिकरणको उच्च सीमालाई तोड्ने घोषणापछि आएको हो ।

“तथ्यले यो बताइसकेको छ कि एकतर्फी दादागिरी गम्भीर समस्याका रूपमा देखिइसकेको छ,” चिनियाँ विदेश मन्त्रालयका प्रवक्क्ता गेङ सुआङले बेइजिङमा भएको नियमित पत्रकार भेटमा भन्नुभयो ।
उहाँले भन्नुभयो, “अमेरिकाले इरानमाथि सिर्जना गरेको अत्यधिक दवाब इरानी आणविक सङ्कटको कारण हो ।”

यदि सन् २०१५ मा इरानसँग विभिन्न शक्ति राष्ट्रद्वारा गरिएको आणविक सम्झौताका हस्ताक्षरकर्ताले अमेरिकाले इरानी सामान निर्यातलाई रोक्न गरेको आर्थिक नाकावन्दीविरूद्ध यथोचित कदम नचालेमा आगामी ६० दिनमा इरानले सम्झौतालाई मानिराख्न बाध्य नहुने चेताउनी दिएको थियो ।

इरानले सन् २०१५ को आणविक सम्झौतामा यदि आफूमाथि लगाइएका प्रतिबन्ध हटाइएमा उसले हतियार निर्माणलाई व्यापक कटौति गर्ने प्रतिवद्धता गरेको थियो । सम्झौतामा तत्कालिन अमेरिकी राष्ट्रपति बाराक ओबामाको पहलमा अमेरिका, बेलायत, रूस, चीन, फ्रान्स, जर्मनीका र इरानले हस्ताक्षर गरेका थिए ।

अमेरिकी राष्ट्रपतिय निर्वाचनमा समेत इरानसँगको आणविक सम्झौता न्यायसङ्गत नभएको र यसबाट अमेरिका पछि हट्नुपर्ने धारणा राखेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौता अमेरिकालाई मान्य नहुने भन्दै गत बर्षको मे मा फिर्ता हुने घोषणा गर्नुभएको थियो ।

वासिङ्टनले इरानमाथि गत बर्षको अगस्टदेखि आर्थिक नाकावन्दीको घोषणा गर्दै इरानबाट हुने तेल निर्यात, बैंकिङ प्रणालीलगायतका महत्वपूर्ण क्षेत्रहरूमा लक्षित गरी एकतर्फी आर्थिक आक्रमण गरेपछि समस्याले थप जटील मोड लिएको छ ।

जर्मनीले तेहरानद्वारा यूरानियमको भण्डारणलाई बढाउने निर्णयको विरोध गर्दै इरानलाई सम्झौताविपरीत कुनै पनि काम नगर्न आग्रह गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्क्ता गेङले पनि तेहरानको यूरानियम भण्डारमा कटौति गर्ने आणविकसम्झौता सम्बन्धी निर्णयबाट फिर्ता आउने तयारीप्रति दुःख प्रकट गर्नुभएको छ ।