११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

जोआलाई जर्सी नंबर ७ , एथ्लेटिकोलाई ग्रिज्म्यानको धन्यबाद !

जोआलाई जर्सी नंबर ७ , एथ्लेटिकोलाई ग्रिज्म्यानको  धन्यबाद !
अ अ+ अ-

काठमाडौं । एट्लेटिको मड्रिड छाडेका फ्रान्सेली स्टार खेलाडी एन्टोइनी ग्रिज्म्यानसँगको सम्झौता आउँदो बिहीबारसम्म गरिसक्ने तयारीमा बार्सिलोना रहेको छ ।

एट्लेटिकोबाट १ सय २० मिलियन युरोमा क्लबमा भित्र्याउने तयारी गरेको बार्सिलोनाले उनको मूल्यमा बार्गेनिङ गर्न खोजेपछि सम्झौतामा ढिलाई भएको स्पेनिस पत्रिका मार्काले जनाएको छ ।

बार्सिलोनाले उनलाई जुलाई ११ सम्ममा क्लबमा भित्र्याउने तयारी गरेको छ । बार्सिलोनाले तयारी गरेको लामो समय भइसक्दा पनि सम्झौता हस्ताक्षर नभएकाले अझै उनको आगमनलाई आधीकारिकता दिन सकेको छैन् ।

यदि ग्रिज्म्यानसँग ११ तारिखसम्म भएको खण्डमा उनले जुलाई १४ देखि बार्सिलोनामा अभ्यास थाल्ने बताइएको छ ।

उनले समाजिक सञ्जाल ट्वीटरमा भिडियो पोस्ट गरेर भनेका छन्, ‘यो क्लबमा बिताएका पाँच वर्ष उत्कृष्ट रहे । सबथोकका लागि धन्यबाद ।’

उनले आफ्ना समर्थकहरुलाई अहिलेको लागि एथ्लेटिको मड्रिड छाड्ने जानकारी दिएका छन् । उनले भनेका छन्, ‘मलाई जहिले असीमित माया दिएका समर्थकहरुलाई यो जानकारी दिन चाहन्छु कि अहिलेका लागि यो क्लब छोड्दैछु, अरु चिजहरु हेर्नका लागि र अरु चुनातीहरु सामना गर्नका लागि ।’

यता ग्रिज्म्यान हाल प्रिसिजन टुरमा एथ्लेटिको मड्रिडका खेलाडीसँग उपस्थित छैनन्। तर उनको स्थान क्लबले जोआ फिलिक्सलाई जर्सी नं ७ दिएर पुर्ति गरेको छ। जोआ १९ वर्षीय खेलाडी हुन्।

उनलाई बेनिफिकाबाट एथ्लेटिकोले यसै महिनाको सुरुवातमा १२६ मिलियन युरोमा क्लबमा अनुबन्ध गरेको हो। मार्काका अनुसार हाल ग्रीजम्यान बार्सिलोनासँगको अन्तिम छलफलमा छन्। गत सिजन बार्साले उनलाई अनुबन्ध गर्न चाहेको थियो। तर त्यसपटक बार्साको अफर अस्वीकार गरेका ग्रीजम्यान यतिबेला बार्सिलोना आउन चाहिरहेका छन्।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार ग्रीजम्यान र बार्साको छलफल अन्तिम चरणमा पुगेको छ। एथ्लेटिको मड्रिडले जर्सी नं ७ अर्को खेलाडीलाई दिएपछि ग्रीजम्यान एथ्लेटिकोमा नरहने लगभग पक्काजस्तै भएको छ।

नयाँ सिजनमा फिलिक्सलाई डिएगो कोस्टा, अल्भारो मोराटासँग लाइन अप गरिने छ।

ग्रिज्म्यानले अहिलेसम्म एथ्लेटिकोका लागि २५६ खेलमा १३३ गोल गरेका छन् । यो अवधिमा उनले युरोपा लिग, स्पेनिस सुपर कप र युइएफए सुपरकप जितेका छन् । उनी पछिल्ला पाँच सिजन क्लबका सर्वाधिक गोलकर्ता हुन् ।

ग्रिज्म्यानसँगै सरुवा बजार खुल्ला हुँदै ब्राजिलीयन स्टार नेयमारलाई क्लब फर्काउने ध्याउन्नमा पनि बार्सिलोना रहेको छ ।

नेयमार गएको महिनादेखि नै बार्सिलोना र्फकने कसरतमा रहे पनि ठूलो आर्थिक कारोबारका कारण अवस्था कठीन बनेको छ ।

यस्तोमा बार्सिलोनाका उपाध्यक्ष जोर्डी कार्डोनरले पनि नेमार ल्याउन सहज नरहेको धारणा सार्वजनिकरुपमा नै बताएका छन् । कार्डोनरका अनुसार नेयमार बार्सिलोना फर्किन चाहे पनि पिएसजीसँग कुनै कुरा भएको छैन।

‘नेयमार बार्सिलोना आउन चाहन्छन्, यो हो । तर बार्सिलोनाले उनलाई भित्र्याउन कुरा गरेका छैन’ उनले भनेका छन् ।लियोनल मेस्सी लगायत बार्सिलोनाका खेलाडीले नेयमारसँग पूनः सँगै खेल्न पाउने आश देखाएका छन्। तर उपाध्यक्ष कार्डोनरले नेयमारलाई भित्राउनेबारे अनौनपचाकि रुपमा पनि छलफल सुरु नभएको बताएका छन्।

सन् २०१७ मात्रै नेयमार पिएसजीसँग आवद्ध भएका थिए । नेयमार बार्सिलोना छाडेर पीएसजी गए, त्यसबेला सम्बन्ध तिक्ततापूर्ण थियो । त्यसतर्फ संकेत गर्दै उनले भने, ‘नेयमारले क्लब छाड्दाका धेरै कुरा छन्, जुन हामीलाई मन परेको छैन । धेरै कुरा सुल्झन बाँकी छ ।’

उनले नेयमार मात्र नभई थुप्रै स्टार खेलाडीहरु क्लबमा आउन चाहेको समेत दाबी गरेका छन् ।यदि नेयमार पुनः बार्सिलोना फर्किए वार्षिक तलबमा समेत कटौती हुन सक्ने समाचारमा उल्लेख गरिएको छ ।

उपाध्यक्षले यस्तो बताइरहे पनि बार्सिलोना नेमारलाई ल्याउन सकिने आधारहरुको खोजिमा भने लागिरहेको छ । पीएसजीलाई कसरी मिलाउन सकिन्छ भन्नेमा बार्सिलोना बोर्डले हरेक दिन छलफल गरिरहेको छ ।

पीएसजी नै पनि नेयमारलाई बेच्न राजी नै देखिन्छ । तर पीएसजीका अध्यक्ष नासेर अल खेलाफी नेयमारलाई किनेको भन्दा कममा बेच्न तयार छैनन् । उनले नेयमारलाई अर्के सिजनमा भन्दा यो सिजन नै बेच्न उपयुक्तसमेत ठानेको बताएका छन् ।

मैदानमा पेनाल्टी र फ्रिकिककै लागि नेयमार र एमबाप्पेबीच प्रतिस्पर्धाको अवस्था आउने भएमा प्रशिक्षक थोमसलाई अझ कठीन हुँदै जाने छ । यसैले थोमसले भनेका छन्, ‘यदि कोही जान चाहन्छ भने उसको लागि बाटो खुला छ ।’अध्यक्ष खेलाफीले पनि भनेका छन्, ‘हामी अब कोही ‘सेलिब्रिटी’ चाहँदनौं, जो योजना मान्न तयार छैनन्, उसले छाड्न सक्छ ।’

यसैले बार्सिलोना नेयमारलाई ल्याउन ठूलो रकम खर्चने सँगै अरु कुन उपाय हुनसक्छ भन्ने खोजिमा लागेको हो । यसमा नेयमार नै पनि पर्ख र हेरको स्थितिमा छन् । केही बोलिदिँदा अवस्था बिग्रन सक्ने उनले राम्ररी बुझेका छन् ।

बार्सिलोना आउन आफूले बनाउन सक्ने सकारात्मक वातावरण बनाउन नेयमार लागिरहेका छन् । बार्सिलोनाका साथीहरुसँगको कुराकानी पनि उनले आफू बार्सिलोना आउन लागिपरेको बताएका छन् ।

हाल नेयमारले पिएसजीबाट खेल्दा वार्षिक ३६।८ मिलियन युरो कमाउँछन् । तर यदि बार्सिलोना फर्किए भने उनको वार्षिक तलब घटेर २४ मिलियन युरो हुन सक्ने स्पोर्टसले जनाएको छ । गत हप्ता म्यान्चेष्टर युनाइटेडले पल पोग्बाको स्थानमा नेयमारलाई भित्र्याउने चाहना राखेको थियो । तर पिएसजीले उच्च रकम अफर गरेपछि युनाइटेड पछि हटेको थियो ।