१९ भाद्र २०८३, शुक्रबार
,
Latest
एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’ ‘पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य’ श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा पूजाअर्चना विपदमा बाल संरक्षणलाई प्राथमिकता दिन सिजपकाे आग्रह शिक्षण अस्पताल पुगेर सञ्चारमन्त्री तिमिल्सिनाले लिनुभयो भोटेकोशी बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी बाढीले क्षति पुर्‍याएका २० झोलुङ्गे पुल मर्मतमा सरकार युद्धस्तरमा भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरियामा सैनिक पठाउने कुनै योजना छैन : जर्मनी



अ+ अ-

बर्लिन । जर्मनीले सिरियामा सैनिक पठाउने आफ्नो कुनै योजना नरहेको स्पष्ट गरेको छ । सिरियामा सक्रिय इस्लामिक स्टेट समूह विरुद्धको सैनिक कारबाहीमा सघाउन अमेरिकाले केही दिनअघि जर्मनीलाई अनुरोध गरेको थियो ।

जर्मन सरकारका प्रवक्ता स्टिफेन साइबर्टले इस्लामिक स्टेट समूह विरुद्धको वृहद् गठबन्धनमा जर्मनी सहभागी रहेको र त्यसलाई निरन्तरता दिइने बताउँदै प्रत्यक्ष सैन्य परिचालन नगरिने स्पष्ट गर्नुभयो ।

सिरियासम्बन्धी अमेरिकी विशेष प्रतिनिधि जेम्स जेफ्रीले जर्मनीका सञ्चार माध्यमलाई आइतबार प्रतिक्रिया दिँदै उत्तरी सिरियामा जर्मनीले आफ्ना सेना तैनाथ गरोस् भन्ने अमेरिकी चाहना रहेको बताउनुभएको थियो ।

सिरियाका बारेमा वार्ता गर्न बर्लिन पुग्नुभएका जेफ्रीले सेना परिचालनका बारेमा जर्मनीले यसै महिनाभित्र स्पष्ट जवाफ दिने विश्वास व्यक्त गर्नुभयो ।

गठबन्धनका तर्फबाट जर्मनीको सिरियामा संलग्नता आगामी अक्टोबर ३१ मा सकिँदैछ । उक्त मितिपछिका सम्बन्धमा जर्मनीको संलग्नताका बारेमा संसदले निर्णय गर्नुपर्नेछ ।