१९ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागुऔषध सेवन पछि ‘ग्याङ फाइट’, दुई जना घाइते, ४ जना पक्राउ



अ+ अ-

काठमाडौं । गत १६ गते वेलुका चाबहिलको पशुपति मावि छेउमा दुवै समूहका युवाबीच ‘ग्याङ फाइट’ पर्दा छुरा प्रहार गरि फरार हुने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुर गाईघाट घर भई हाल काठमाडौंकोकपन वस्ने वर्ष २४ का असिम लामा, सोही ठाउँका वर्ष २४ कन सरोज श्रेष्ठ, भारत दार्जलिङ्ग घर भई धुम्वराई अर्पाटमेण्टमा वस्ने वर्ष २१ को सरोज राई र कास्की रामनगर घर भई नार्गाजुन ग्रिन भिलेजमा वस्ने वर्ष २१ को निश्चल आले मगर रहेका छन् ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसा घाईते अवस्थामा दुईजना युवा लडी रहेको सुचनाको आधारमा तत्काल वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाट जिल्ला ओखलढुङ्गा घर भई भक्तपुर जगाती वस्ने वर्ष २८ को ज्याक भन्ने विजय बानियाँ र रातोपुल वस्ने वर्ष २१ को सुदिप घिमिरेलाई घाईते अवस्थामा उद्धार गरेको थियो ।

घाइते दुबैलाई काठमाडौंको हेल्पिङ्ग हेण्ड्स अस्पतालमा उपचार हुन नसक्दा शिक्षण अस्पताल महाराजगंज रेफर गरिएको थियो । वाँनियाको पेटमा गहिरो रुपमा काटिएकोले भेण्टिलेटरमा राखी उपचार भई रहेको डीएसपी बोगटी बताए । यता घिमिरेको छातिमा गहिरो चोट लागेकोले आईसियुमा राखिएको छ ।

घटनामा दुवै पक्षको लागुऔषध सेवनको उन्मातमा गितारमा लुकाई छिपाई राखेर ल्याएको धारिलो हतियार चक्कु प्रहार भएको स्विकार गरेको प्रहरीले जनाएको छ ।