७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागुऔषध सेवन पछि ‘ग्याङ फाइट’, दुई जना घाइते, ४ जना पक्राउ



अ+ अ-

काठमाडौं । गत १६ गते वेलुका चाबहिलको पशुपति मावि छेउमा दुवै समूहका युवाबीच ‘ग्याङ फाइट’ पर्दा छुरा प्रहार गरि फरार हुने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुर गाईघाट घर भई हाल काठमाडौंकोकपन वस्ने वर्ष २४ का असिम लामा, सोही ठाउँका वर्ष २४ कन सरोज श्रेष्ठ, भारत दार्जलिङ्ग घर भई धुम्वराई अर्पाटमेण्टमा वस्ने वर्ष २१ को सरोज राई र कास्की रामनगर घर भई नार्गाजुन ग्रिन भिलेजमा वस्ने वर्ष २१ को निश्चल आले मगर रहेका छन् ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसा घाईते अवस्थामा दुईजना युवा लडी रहेको सुचनाको आधारमा तत्काल वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाट जिल्ला ओखलढुङ्गा घर भई भक्तपुर जगाती वस्ने वर्ष २८ को ज्याक भन्ने विजय बानियाँ र रातोपुल वस्ने वर्ष २१ को सुदिप घिमिरेलाई घाईते अवस्थामा उद्धार गरेको थियो ।

घाइते दुबैलाई काठमाडौंको हेल्पिङ्ग हेण्ड्स अस्पतालमा उपचार हुन नसक्दा शिक्षण अस्पताल महाराजगंज रेफर गरिएको थियो । वाँनियाको पेटमा गहिरो रुपमा काटिएकोले भेण्टिलेटरमा राखी उपचार भई रहेको डीएसपी बोगटी बताए । यता घिमिरेको छातिमा गहिरो चोट लागेकोले आईसियुमा राखिएको छ ।

घटनामा दुवै पक्षको लागुऔषध सेवनको उन्मातमा गितारमा लुकाई छिपाई राखेर ल्याएको धारिलो हतियार चक्कु प्रहार भएको स्विकार गरेको प्रहरीले जनाएको छ ।