२३ जेष्ठ २०८३, शनिबार
,
Latest
राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

धोनीको चौतफी आलोचना हुँदा विलियम्सले के भने यस्तो



अ+ अ-

काठमाडौं । न्यूजिल्याण्डका कप्तान केन विलियम्सले भारतका पूर्व क्रिकेट कप्तान एवं विकेट किपर महेन्द्र सिंह धोनीको बचाउ गरेका छन् । भारत विश्वकपको रेसबाट बाहिरिएपछि सेमिफाइनलमा न्यूजिल्याण्डविरुद्ध धोनीको खेलको चौतफी आलोचना भइरहेको छ । न्यूजिल्याण्डले बुधबार म्यान्चेस्टरको ओल्ड ट्रेफर्ड मैदानमा सेमिफाइनलको रोमाञ्चक खेलमा भारतलाई १८ रनले हराएर लगातार दोस्रोपटक विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।

न्यूजिल्याण्डको २४० रनको लक्ष्यलाई पछि पार्नका लागि बुधबार जब भारतीय खेलाडी बलिङ गर्न थाले तब पाँच रनमा नै तीन विकेट झर्यो । सातौं विकेटमा धोनी र जडेजाको ११६ रनको साझेदारी अघि भारतको ९२ रनमा ६ विकेट झरेको थियो । जडेजा र धोनीको जोडीले भारतको जितको आशा जगाएको थियो । जडेजाले ५९ बलमा ७७ रनको शानदार पारी खेले जबकि धोनीले विकेट बचाइराखे तर उनको पारी सुस्त रह्यो र उनले ७२ बलमा ५० रन बनाए ।

भारतले अन्तिम १४ बलमा ३२ रन बनाउनु थियो तर त्यस्तो हुन सकेन । हारपछि एकपटक पुनः धोनीको आलोचना हुनथाल्यो र उनले लक्ष्यको हिसाबले आफ्नो पारीलाई तीब्र नपारेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । धोनीको विषयमा भारतका कप्तान विराट कोहली र न्यूजिल्याण्डका कप्तान विलियम्स दुबैलाई प्रश्न सोधियो । न्यूजिल्याण्डका कप्तान केन विलियम्सलाई यदि उनी भारतका कप्तान भएको भए धोनीलाई टिममा राख्थे भनेर प्रश्न सोधियो, उनले हाँस्दै जवाफ दिए, ‘उनी न्यूजिल्याण्डका लागि खेल्न सक्दैनन् १ तर उनी विश्व स्तरीय खेलाडी हुन् ।’ विविसी

पत्रकारले भारतका कप्तान भएको भए नि भन्दै आफ्नो प्रश्न पुनः दोहोराए । यसमा विलियम्सले भने, ‘पक्कै पनि । उनको अनुभव महत्वपूर्ण समयमा निकै काम लाग्छ । उनको योगदान आज वा भोलि सधैं रहनेछ । जडेडासँग उनको साझेदारी निकै राम्रो रह्यो । धोनी अन्तरराष्ट्रिय स्तरका क्रिकेटर हुन् । के उनी नागरिकता फेर्नेबारे विचार गरिरहेका होलान् ? यदि यस्तो हो भने हामी उनको चयनमा विचार गर्नेछौं ।’

धोनीको आलोचना ग्रुप स्टेजको म्याचमा पनि उनको आक्रामकताको विषयमा भइरहेको थियो । विशेष गरी इंगल्याण्डबाट पाएको हारपछि धोनी निशानामा थिए । तर विलियम्स मान्छन् कि धोनी विश्वकपमा खेल्न लायक विश्वस्तरीय खेलाडी हुन् । उनले भने, ‘हामीले विभिन्न समयमा धोनीले अन्तिममा खेललाई आफूतर्फ मोडेको देखेका छौं । यो निकै मुश्किल विकेट थियो त्यसकारण कुनै पनि हातलमा सजिलो थिएन ।’