१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाधिवेशन : ३८० मत खस्यो



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि आज भएको निर्वाचनमा अहिलेसम्म ३८० मत खसेको छ । पार्टीको १४औँ महाधिवेशन अन्र्तगतको मतदानमा प्रधानमन्त्री शेरबहादुर देउवासहित नेताहरुले मतदान गरिक्नुभएको छ ।

मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदानमा सभापतिका अर्का प्रत्यासी प्रकाशमान सिंह, उपसभापतिका उम्मेदवारद्वय विजयकुमार गच्छदार र सुजाता कोइराला, नेता डा रामशरण महत, सुनिलबहादुर थापा, गृहमन्त्री बालकृष्ण खाँण, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीलगायतले मतदान गरिसक्नुभएको छ ।

अन्य नेता भने भोट हाल्न लामबद्ध हुनुभएको छ । एकैपटक धेरैले मतदान गर्ने व्यवस्थाका लागि राष्ट्रियसभा गृहमा एक स्थानमा र भृकुटीमण्डपमा दुई स्थानमा व्यवस्था गरिएको छ । दिउँसो १ः३० बजेसम्म राष्ट्रियसभा गृहमा २०० र भृकुटीमण्डपका दुई स्थानमा १८० मत खसेको निर्वाचन समितिले जनाएको छ । (रासस)