• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

जान्नुहोस् कस्तो भागमा कोठी हुनाले पैसा टिक्दैन ?



काठमाडौं । सबै मानिसहरूको शरीरमा काहीँ न काहीँ त पक्कै पनि कोठी हुन्छ र यी कोठीहरुको फरक फरक अर्थ हुने गर्दछ तर शास्त्रका अनुसार शरीरको यस्ता भागहरुमा कोठी भएमा त्यस व्यक्तिसंग कहिले पनि रुपैयाँ नरहने विश्वास गरिन्छ । हेर्नुहोस् यी भागहरु जहाँ कोठी भएमा पैसा टिक्दैन ।

बायाँ गालामा कोठी
जस व्यक्तिको बायाँ गालामा कोठी हुन्छन् त्यस्ता व्यक्तिको आम्दानीको स्रोत बढी नै हुने गर्दछ र रुपैयाँको कमी पनि हुँदैन तर आम्दानी भएता पनि पैसा भने बचाउन सक्दैन र आर्थिक समस्याबाट गुज्रिनुपर्ने हुन्छ ।

चोर औँलामा कोठी
त्यस व्यक्ति जसको हातको चोर औँलामा कोठी हुन्छन् त्यस्ता व्यक्तिले आफ्नो जीवनको लामो समयसम्म पनि पैसाको अभाव झेलिरहनु पर्ने हुन्छ ।

ओठमुनि कोठी
जस व्यक्तिको ओठमुनि कोठी हुन्छ त्यस्ता व्यक्तिले पैसा कमाउनका लागी जति नै प्रयास गरेता पनि आर्थिक समस्याबाट छुटकारा पाउन भने गाह्रो नै हुन्छ ।

बायाँ हत्केलामा कोठी
त्यस्ता व्यक्ति जसको बायाँ हत्केलामा कोठी हुन्छ त्यस किसिमका व्यक्तिहरू अत्यधिक खर्चालु हुने गर्छन् । खर्चालु भएका कारण त्यस्ता व्यक्तिले पैसाको भने बचत गर्न सक्दैन् बायाँ हत्केलामा कोठी हुनु खर्च गर्ने चिन्ह हुनु हो ।

बायाँ खुट्टामा कोठी
कुनै व्यक्तिको बायाँ खुट्टामा कोठी छ भने त्यस्ता व्यक्तिले आफूले कति खर्च गर्नुपर्छ भन्ने कुरा ठम्याउन सक्दैनन् र खर्चको हिसाब राख्न नसकेका कारण प्राय मनिस्ल्हारुले यस्ता व्यक्तिलाई ठग्ने गर्दछन् ।

बायाँ कोखामा कोठी
जस व्यक्तिको बायाँ कोखामा कोठी हुन्छन् त्यस्ता व्यक्ति बढी बिरामी भई उपचार गर्ने क्रममा बढी खर्च गरिरहनुपर्ने हुँदा यस्ता व्यक्तिसंग पैसाको अभाव हुने गर्दछ ।

बायाँ आइब्रोमाथि कोठी
यदि मानिसहरूको बायाँ आइब्रोको माथि कोठी भएमा त्यस्ता व्यक्तिले आफ्नो जीवनमा बढी आनन्द खोज्ने गर्दछन् । जसबाट लक्जरी लाइफका कारण त्यस्ता व्यक्तिलाई पैसा जोगाउन भने मुस्किल नै पर्ने गर्दछ ।

हत्केलामा कोठी
यदि कुनै मानिसको हत्केलामा कोठी भएमा त्यस्ता मानिसको जीवनमा पैसाको अभाव हुने विश्वास रहेको पाइन्छ र विवाहपछि पनि आर्थिक समस्यामा परिरहनु बाध्यता हुने गर्दछ ।