

अन्तिम प्रहारले
जीवन समाप्त ।
चिसो ओठमा
अब किनेको
तातो गन्हाउने श्वास बोकको
मुख आउने छैन ।
बचनका बाँडहरु
तिरस्कारका भावनाहरु
मुटुमा हान्यौ ।
हात मुख बन्द गरेर
कोठामा बाधेर राख्यौं
आशुको धरौटीमा ।
अनगिन्ति मागहरु
भोक संग सम्झौता गराएर
हरेक पटक
दिनु र लिनुको हिसाब किताब
चुपचाप पठाई नै रहे

देवी प्रसाद प्याकुरेल
पहिले नगद,गाडी,तेल,
अनि लाज ढाक्ने कपडा
अनि मान्छे
र मान्छे सुत्ने बिच्छयौना ।
एउटा प्रमाण पत्रमा
सिङ्गो जिवनको अंक दिएर
मृत्यु पत्रमा हस्ताक्षर गर्न
आतुर ति हातहरु,
आज चितामा आगो बोकेर
धुवा बनाउदैछन जिवनलाई ।
अरुले दिएको हावाले श्वास फेर्नेहरु
अब मर्नेछन ,
अरुले दिएको अन्नले भोक मेटाउनेहरु
अब मर्नेछन ।
आफुले लिएर थुप्रो लगाउनेहरु
एक दिन त्यँही थुप्रोमा बसेर
भिख माग्ने छन ,
मलाई दिनुहोस ।
मलाई दिनुहोस ।
देवी प्रसाद प्याकुरेल
सुनसरी, हाल दाङ्ग