२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीकुल विद्यालयद्धारा फुटसल प्रतियोगिता आयोजना



अ+ अ-

काठमाडौ । श्रीकुल स्कुल नक्खु को आयोजनमा दोस्रो श्रीकुल अन्तर विधालय ब्वाइज फुट्सल प्रतियोगिता सम्पन्न भयो । उपत्याकाब्यापी यस प्रतियोगितामा कक्षा ८,९ र १० का २३ वटा विद्यालयका २५ वटा टीमले सहभगिता जनाएका थिए ।
भैसेपाटीस्थित गोल्पोस्ट खेलमैदानमा भएको यस प्रतियोगितामा आयोजक श्रीकुल स्कुल विद्यालयको बि टीम प्रथम, सहिद धर्मभक्त स्कुल दोस्रो तथा यसश्वी गुरुकुल स्कुल तृतीय भएका थिए ।
केन्द्रिय प्याब्सनका सचिब शिव कार्की को प्रमुख अतिथ्यामा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको थियो । सो कार्यक्रममा राष्टिय समाचार समितिका वरिष्ठ सम्पादक मोहिनी मिश्र रिसाल, पत्रकार श्याम तन्डुकार, ललितपुर एन (प्याब्सन चेयर राजेश महर्जन,तथा श्रीकुल स्कुलका प्रधानाध्यापक शिवेन्द्र कार्की लगायतले प्रमाणपत्र र मेडल तथा ट्रफि वितरण गर्नु भएको थियो ।
प्रतियोगितामा श्रीकुल स्कुलका अजय राइले उत्कृस्ट खेलाडीको पुरस्कार प्राप्त गरेका थिए ।
एक्काइसौ शताव्दीको शिक्षाको चुनौती अध्ययन, अध्यापनसंगै विधार्थीहरुमा सम्पूर्ण शारीरिक विकाश अति आवश्यक रहेको अनुभूति गर्दै विगत वर्ष देखि श्रीकुल विद्यालयले यस्ता प्रतियोगिताहरुको आयोजना गर्दै आएको र आगामी दिनमा पनि यस्ता खेलकूद प्रतियोगिताहरुको आयोजना गरिने जानकारी विद्यालयले गराएको छ ।