२३ जेष्ठ २०८३, शनिबार
,
Latest
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेटमा पनि फुटबलको जस्तै नियम



अ+ अ-

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले खेलाडी परिवर्तनका लागि क्रिकेटमा पनि फुटबलको जस्तै नियम लागु गर्ने निर्णय गरेको छ । आईसीसीको हालै लन्डनमा सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । यसअघि खेलका लागि खेलाडी सार्वजनिक भइसकेपछि त्यसबाहेक अर्को कुनै खेलाडी परिवर्तन गर्न नपाइने नियम थियो । यस नियमले खेलाडीलाई घाइते भएपनि खेल्नै पर्ने बाध्यता थियो ।

आईसीसीले अब क्रिकेट खेल्दा खेल्दै खेलाडी घाइते भएमा टोलीका १४ सदस्यीय खेलाडीबाट जुनकुनै खेलाडीलाई परिवर्तन गर्न पाउने नियम बनाएको छ । फुटबलका लामो समयदेखि यही नियम छ । आईसीसीले परिवर्तनका लागि खेलाडी घाइते भएको र चोट लागेको विषयमा मेडिकल टोलीले प्रमाणित गर्नुपर्ने प्रावधान पनि राखेको छ । परिवर्तन भएको खेलाडीले ब्याटिङ र बलिङ दुवै गर्न पाउने छ ।

यसअघि परिवर्तित खेलाडीले फिल्डरको रुपमा मात्र खेल्न पाउने नियम थियो । आईसीसीले नयाँ नियम इङ्ल्यान्ड र अस्ट्रेलियाबीचको एसेज सिरिजदेखि लागु गर्ने पनि जनाएको छ । आईसीसीको यस नियमलाई विश्वभरका क्रिकेट सर्मथकले स्वागत गरेका छन् ।