६ पुष २०८२, आईतवार
,
Latest
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेटमा पनि फुटबलको जस्तै नियम



अ+ अ-

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले खेलाडी परिवर्तनका लागि क्रिकेटमा पनि फुटबलको जस्तै नियम लागु गर्ने निर्णय गरेको छ । आईसीसीको हालै लन्डनमा सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । यसअघि खेलका लागि खेलाडी सार्वजनिक भइसकेपछि त्यसबाहेक अर्को कुनै खेलाडी परिवर्तन गर्न नपाइने नियम थियो । यस नियमले खेलाडीलाई घाइते भएपनि खेल्नै पर्ने बाध्यता थियो ।

आईसीसीले अब क्रिकेट खेल्दा खेल्दै खेलाडी घाइते भएमा टोलीका १४ सदस्यीय खेलाडीबाट जुनकुनै खेलाडीलाई परिवर्तन गर्न पाउने नियम बनाएको छ । फुटबलका लामो समयदेखि यही नियम छ । आईसीसीले परिवर्तनका लागि खेलाडी घाइते भएको र चोट लागेको विषयमा मेडिकल टोलीले प्रमाणित गर्नुपर्ने प्रावधान पनि राखेको छ । परिवर्तन भएको खेलाडीले ब्याटिङ र बलिङ दुवै गर्न पाउने छ ।

यसअघि परिवर्तित खेलाडीले फिल्डरको रुपमा मात्र खेल्न पाउने नियम थियो । आईसीसीले नयाँ नियम इङ्ल्यान्ड र अस्ट्रेलियाबीचको एसेज सिरिजदेखि लागु गर्ने पनि जनाएको छ । आईसीसीको यस नियमलाई विश्वभरका क्रिकेट सर्मथकले स्वागत गरेका छन् ।