१ श्रावण २०८३, शुक्रबार
,
Latest
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण मुद्दा फछर्योटः लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम मन्त्रीहरूको कार्य विभाजन ‘लो बिडिङ’ नियन्त्रण गर्ने व्यवस्था सार्वजनिक खरिद प्रणाली सुधारको सकारात्मक कदमः अध्यक्ष पाण्डे मास्टर्नीको प्रचारात्मक गीत : पेशागत मर्यादामाथि प्रहार दाङमा ७७ प्रतिशत रोपाइँ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ देशभर मनसुनी गतिविधि सक्रिय मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि नेपाली काँग्रेसले तीनै तहका सरकारलाई कार्ययोजना पठाउने नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस महाधिवेशनः दोस्रो चरणमा देउवा र कोइरालाबीच प्रतिस्पर्धा हुने



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको मतदान हुने भएको छ । पहिलोपटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गरिने कांग्रेस विधानअनुसार सभापतिमा पुनः मतदान हुन लागेको हो । 

जसअनुसार दोस्रो चरणमा शेरबहादुर देउवा र डा‍ शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएको छ ।

पहिलो चरणमा देउवाले २२५८ मत प्राप्त गरेका छन् भने डा. शेखर कोइरालाले १७२९  मत प्राप्त गरे । यस्तै, तेस्रो स्थानमा प्रकाशमान सिंहले ३७१ मत प्राप्त गर्दा विमलेन्द्र निधिले २४९ मत ल्याए भने कल्याण गुरुङले २० मत प्राप्त गरे ।