२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar ओमानसँग रासायनिक मल आपूर्ति र कृषि व्यापारमा सहकार्य विस्तारबारे छलफल News Polar कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा News Polar महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च कांग्रेसले व्यहोर्ने News Polar कोशी प्रदेशसभाः आर्थिक कार्यविधिसम्बन्धी विधेयकमाथि दफावार छलफल हुने News Polar एमालेले मङ्सिर पहिलो साता राष्ट्रिय भेला गर्ने News Polar प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार News Polar श्रमिकलाई अनिवार्य रूपमा चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar कांग्रेस महाधिवेशनमा आज मतदान नहुने, शुक्रबार बिहान ७ बजेदेखि मतदान News Polar अपाङ्गता रोकथामदेखि आत्मनिर्भरतासम्म: तीन तहको सरकार, एउटै राष्ट्रिय प्रतिबद्धता News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar विपद् अध्ययन समितिका सभापति पौडेलद्वारा शपथ ग्रहण News Polar क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ: मन्त्री पोखरेल News Polar बाँकेमा हराउँदै स्थानीय बाली News Polar खगेन्द्र–सुरक्षाको जोडी लिएर दीपेन्द्रले गुपचुप बनाए ‘श्रीमान् श्रीमती’ News Polar आईपीयू महासभामा नेपालको जलवायु विपद्सम्बन्धी आपत्कालीन एजेण्डा दुईतिहाइ बहुमतले अनुमोदन News Polar विश्व वरियतामा नेपाल १६औँ स्थानमा News Polar हामी निर्वाचनको आन्तरिक तयारीमै छौँः प्रमुख निर्वाचन आयुक्त कार्की News Polar लुटपाटमा संलग्न चार जना पक्राउ News Polar ऊर्जामा आधारित अर्थतन्त्र निर्माण राष्ट्रिय प्राथमिकता : मन्त्री श्रेष्ठ News Polar विद्यादेवी भण्डारीले लिनुभयो एमालेको वरिष्ठ उपाध्यक्ष पदको शपथ

रुकुम (पूर्व) मा हिमपात प्रतिकार्य योजना तयार

रुकुम (पूर्व) मा हिमपात प्रतिकार्य योजना तयार
अ अ+ अ-

रकुम (पूर्व) । रुकुम (पूर्व)मा हिमपात प्रतिकार्य योजना तयार गरिएको छ । लुम्बिनी प्रदेशको एकमात्र विकट र दुर्गम हिमाली जिल्लामा हिमपात हुने समय सुरु भएसँगै प्रतिकार्यको योजना २०७८ तयार पारिएको हो । 

समुद्र सतहबाट ९३५ मिटरदेखि सात हजार २४६ मिटरसम्मको उचाइमा रहेको यस जिल्लामा वर्षेनी यसै सिजनमा हिमाली भेगमा उच्च हिमपात, हिम पहिरो जानेजस्ता कारणले विपद्का घटना घट्ने र हिमपातका कारण अत्यधिक चिसो बढ्दा यस क्षेत्रको नागरिकको जनजीवन प्रभावित हुने गर्छ । यस किसिमको विपद्को पूर्वानुमान, पूर्वतयारी, उद्धार तथा प्रतिकार्य, राहत पुनःस्र्थापना आदि कार्य समन्वायत्मकरूपमा सम्पन्न गर्न सके जोखिम न्यूनीकरण गर्न सकिन्छ भन्ने उद्देश्यका साथ प्रतिकार्य योजना बनाइएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । 

जिल्ला विपद् व्यवस्थापन समितिले प्रतिकार्यका लागि हिमपातबाट प्रभावित हुनसक्ने स्थान तथा मानव बस्तीलाई जोखिम विश्लेषणको आधारमा उच्च, मध्यम र न्यून जोखिम भनेर बस्ती वर्गीकरण गरेको छ । पुथाउत्तरगङ्गा गाउँपालिकाको सबै क्षेत्र हिमपातको उच्च र मध्यम जोखिमको क्षेत्रमा परेको विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले बताउनुभयो । पुथाउत्तरगङ्गाको जुनाङ, पुषर, मैकोट गाउँ, दुले, तिज्याङ, पेल्मा, झारलुङ, यमखार, हिम, गुइबाङ,, रन्मा, घुन्मा, काजरजङ्ग, हुकामलाई हिमपातको उच्च जोखिम क्षेत्रका रूपमा वर्गीकरण गरिएको प्रजिअ बाँस्कोटाले बताउनुभयो । उहाँकाअनुसार दमचन, खोरे, ताँतु, मयाङ, तुपा, घुम्लिबाङ, गोठबाङ, कायमडाँडा, थाकुर, क्युबाङलाई पनि हिमपातको उच्च जोखिमको क्षेत्रमा राखिएको छ ।

यस्तै सिस्ने गाउँपालिकाको ठूलो सिस्ने, पाखापानी, लाम्पाखा, औखरेना, भट्टेचौर, मर्पे, रङ्गेनी, लैपा, धङ्गु र स्याम्जेलाई हिमपातको उच्च जोखिम क्षेत्रका रूपमा वर्गीकरण गरिएको छ । भङ्ग, सल्लीबिसौना, टाटे, किङ्दा, माथिल्लो दादिङ, खोपीचार, झिङ्ग्री, पाथिहाल्ना, भैसेखाल, तुबाङ, लम्फाकोट, भुरुङ्गा, स्यालापाखा, कानेबाङलाई मध्यम जोखिम क्षेत्रका रूपमा वर्गीकरण गरिएको प्रतिकार्य योजनामा उल्लेख छ । पोखरा, पाङ्गा, नाथिगाड, धपे, सान्चौर, अमलाचौर, रातामाटा, नायगाड र रुकुमकोटलाई न्यून जोखिम बस्तीमा वर्गीकरण गरिएको छ । भूमे गाउँपालिकाको पञ्चासे, स्याला, रिकुम, लाटापानी, वनबालारिग, च्यारनेटा,  चिप्लेगैरा, गाबाङ, तल्लो गाबाङ, रिक डाँडा, मैबाङ, रिसालचौर, थुम्का, विस्कुम, मछैना, घङघारी र छहरा ठाउँलाई हिमपातको उच्च जोखिम क्षेत्रमा वर्गीकरण गरिएको छ । 

कोइचा, मालालुम, हाडीझुम्का, फल्लेबासी, घोर्नेटी, भैँसीलोटे, लाबाङ, गहुँकम्द, भेरीडाँडा, सिमचौर, लुमा, गुनाम, विजौरा, भित्रिववन, झुम्लाबाङ, लुकुम, सेराबाङलाई मध्यम जोखिम र महत, बालुवा, काँक्री, खाबाङबगर, काँडा, सीमा, साकिमलाई न्यून जोखिमको क्षेत्रमा वर्गीकरण गरिएको हिमपात प्रतिकार्य योजनामा उल्लेख छ । वडागत रूपमा हेर्ने हो भने सिस्नेको १ नं वडा, भूमेको १, ७, ८, पुथाउत्तरगङ्गा गाउँपालिकाको १, २, ३, ४, ५, ६ र ९ नं वडालाई हिमपातको उच्च जोखिमयुक्त वडामा वर्गीकरण गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी बाँस्कोटाले बताउनुभयो । यसैगरी पुथाउत्तरगङ्गाकै वडा नं ७, ८, १०, ११, १२, १३ र १४ नं वडा, भूमेको २ देखि ९ नंसम्मका वडा र सिस्नेको २ र ४ लाई मध्यम जोखिमको क्षेत्रमा राखिएको छ । बाँकी ५ देखि ८ सम्मको वडालाई न्यून हिमपात जोखिमयुक्त वडामा वर्गीकरण गरिएको छ ।

यी सबै वडाभित्र रहेका टोल र टोलभित्र पनि जोखिम घरधुरी साथै विपन्न घरधुरीको सङ्ख्या पनि यकिन गरिएको प्रजिअ बाँस्कोटाले बताउनुभयो । उहाँका अनुसार जिल्लाभर हिमपात तथा चिसोबाट प्रभावित हुनसक्ने घरधुरी सङ्ख्या दुई हजार ३०१ रहेको छ भने ६९८ विपन्न परिवारको सङ्ख्या छ । हिमपातजन्य घटना भइहालेमा अहिले राहत तथा उद्धारका लागि जिल्लामा गाउँपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रम, स्वास्थ्य कार्यालय र रुकुम ९पूर्व० अस्पतालसँग विभिन्न सामाग्री रहेका छन् । तर यी सामग्री पर्याप्त मात्रामा उपलब्ध नभएको बताइएको छ । हिमपातबाट विस्थापितहरूलाई राख्नका लागि स्थानीय तहसँगको समन्वयमा सुरक्षित स्थानको पहिचान गर्ने साथै उद्धार प्रतिकार्यका लागि विभिन्न निकायसँग समन्वय गर्ने, ¥यापिड रेस्पोन्स टिमलाई तयारी अवस्थामा राख्ने, राहत वितरण गर्नेलगायतका हिमपात प्रतिकार्य योजनामा छन् । 

यससँगै फ्रस्ट एड किटसहित आवश्यक औषधि तथा स्टे«चर तयारी अवस्थामा राख्ने, हिमपात तथा चिसोको कारण हुनसक्ने सम्भावित रोगको उपचारका लागि अस्पताल तथा अन्य स्वास्थ्य संस्थासँग समन्वय गरी स्वास्थ्यकर्मी तथा औषधि तयारी अवस्थामा राख्ने, विपद् सम्पर्क व्यक्तिको विवरण अद्यावधिक गर्ने, घटना भइहाले क्षतिको विवरण सङ्कलन गर्ने कार्य गरिने छन् । विपद् व्यवस्थापन समितिले घटनास्थल पुग्न एक दिनभन्दा बढी समय लाग्ने स्थानमा विपद्का घटना भएमा जिल्ला प्रशासन कार्यालयले गृहमार्फत सुरक्षा निकायका तालिमप्राप्त जनशक्ति परिचालन गर्न हवाई साधन प्रयोग गर्ने पनि बताएको छ । जिल्लामा विपद् प्रतिकार्यमा जिल्ला प्रशासनसँगै समन्वय समिति, स्थानीय तह, राजनीतिक दल, तीनवटै सुरक्षा निकाय, अनुसन्धान, सडक पूर्वाधार विकास, स्वास्थ्य कार्यालय, रुकुम ९पूर्व०  अस्पताल, शिक्षा विकास तथा समन्वय एकाइ, जलस्रोत तथा सिँचाइ सबडिभिजन कार्यालय, खानेपानी तथा सरसफाइ सम्पर्क कार्यालय संलग्न रहेको प्रजिअ बाँस्कोटाले बताउनुभयो । 

यस्तै रेडक्रस, उद्योग वाणिज्य सङ्घ, एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय, वन कार्यालय, युनाइटेड मिसन टु नेपाल, मिक नेपाल, नेपाल जनजागरण मञ्च, हुरेडकार्स, रुक्मेली समाज विकास केन्द्र आदि पनि विपद् प्रतिकार्य योजनामा विभिन्न माध्यमबाट संलग्न छन् । रुकुम ९पूर्व० हिमाली तथा उच्च पहाडी क्षेत्र भएकाले भौगोलिक दुर्गमता, यातायातको असुविधा, छरिएर रहेका मानव बस्ती भएकाले प्राकृतिक मानवीय प्रकोपका दृष्टिकोणले जोखिमपूर्ण जिल्ला हो ।

विशेषगरी यहाँ बाढी, पहिरो, आगलागी, हावाहुरी, हिमपात, चट्याङ, भूकम्प, महामारीलगायत प्रकोपको जोखिमका कारण वर्षेनी मानवीय, आर्थिक तथा भौतिक क्षति हुने गरेको छ । यहाँ सबैभन्दा अग्लो हिमाल पुथा हिमालको उचाइ सात हजार २४६ मिटर रहेको छ । यस जिल्लाको भौगोलिक रुपमा विविधता रहेका कारण जलवायुमा पनि विविधता पाइन्छ । हिमपातको कारण मध्यपहाडी लोकमार्ग र सहिदमार्गको सडकसँगै अन्य सहायक मार्ग पनि अबरुद्ध हुने गर्छन् । सुरु भइसकेको हिमपातको यस याममा यस जिल्लाको पहाडी क्षेत्रको न्यूनतम तापक्रम दुई डिग्री सेल्सियसदेखि अधिकतम ३६।८ डिग्री सेल्सियससम्म हुने गर्दछ भने हिमाली र लेकाली भेगको तापक्रम प्रायः शून्य डिग्री सेल्सियसभन्दा कम हुने गर्दछ ।