२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकपको छनोटमा नेपाललाई सहज, विश्वस्तरमा पुग्ने



अ+ अ-

काठमाडौं । विश्वकप छनोटको एसिया फाइनलको दोस्रो खेलमा नेपाल विजयी भएसंगै विश्वस्तरको छनोटमा पुग्ने सम्भावना आफ्नै नतिजामा भरपर्ने स्थिती देखिएको छ। नेपालले बाँकी दुवै खेल जिते विश्वस्तरको छनोटमा पुग्ने छ।

शुक्रबार कुवेतले कतारलाई हराएपछि नेपाललाई सहज बनेको हो। तीन खेलबाट पाँच अंक भएको सिंगापुर शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको मलेसियाको तीन खेलबाट तीन अंक छ। दुई खेल खेलेको नेपालको दुई अंक छ। सिंगापुर र कतारले एक एक खेल तथा नेपालले दुई खेल खेल्न बाँकी छ।

नेपालले अब कुवेत र त्यसपछि सिंगापुरसँग खेल्ने छ। शनिबार हुने खेलमा कुवेतलाई हराए नेपाल दोस्रो स्थानमा उक्लने छ। त्यो अवस्थामा सिंगापुर र नेपालबीच हुने खेलको विजेता विश्वस्तरको छनोटमा पुग्ने छ।

पाँच टोली सहभागी एसियाली छनोटबाट एक टोलीमात्र विश्वस्तरको छनोटमा पुग्नेछन्। नेपाल पहिलो खेलमा कतारसँग पराजित भएको थियो भने दोस्रो खेलमा मलेसियालाई पराजित गर्न सफल भएको थियो।