१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोस्रो चरणमा देउवालाई विमलेन्द्र निधिको समर्थन (भिडियो)



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेस नेता विमलेन्द्र निधिले पनि प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति पदका उम्मेदवार शेरबहादुर देउवालाई नै समर्थन गर्ने भएका छन् ।

मंगलबार नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको मतदान हुने भएपछि आफूलाई सहयोग गर्ने प्रस्तावसहित देउवा निधिलाई भट गर्न पुगेका थिए । देउवाले आजै बिहान कांग्रेस नेता प्रकाशमान सिंहलाई पनि भेट गरिसकेका छन् ।

देउवालाई नेता सिंहले समर्थन पनि जनाईसकेका छन् । दोस्रो चरणमा शेरबहादुर देउवा र डा‍ शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएको छ । विमलेन्द्र निधिले पहिलो चरणमा २४९ मत प्राप्त गरेका थिए ।  दोस्रो चरणको मतदान दिउँसो साढे ३ बजेबाट सुरु गरिने भएको छ ।