२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

गारेथ बेल चीनियाँ क्लबमा नजाने, रियल म्याड्रिडमै रहने



अ+ अ-

काठमाडौं । वेल्सका प्रभावशाली खेलाडी गारेथ बेल स्पेनिस क्लब रियल म्याड्रिडमै रहने भएका छन् । एक दिनअघिसम्म बेलले ३ वर्षका लागि चीनियाँ क्लबमा कीर्तिमानी रकममा अनुबन्ध हुन खोजेको समाचार बाहिरिएको थियो ।

स्पेनिस क्लब रियल म्याड्रिडले आइतबार बेललाई चीन पठाउने प्रक्रिया रद्द गरिदिएपछि बेल रियल म्याड्रिडमै बस्ने पक्का भएको हो ।

३० वर्षीय बेल रियलका प्रशिक्षक जिनेदिन जिदान उनीप्रति अनुदार देखिएका कारण रियल छाड्ने निर्णय नजिक पुगेका थिए । प्रशिक्षक जिदानले नयाँ सिजनमा गेराथ बेललाई टोलीमा राख्न चाहँदैनथे ।

बेल सन् २०१३ मा ९४.३ मिलियन युरोमा टोटनह्यामबाट मड्रिड आएका थिए । उनले मड्रिडको लागि ४ वटा च्याम्पियन्स लिग, एउटा ला लिगा टाइटल, एउटा कोपा डेल रे, ३ वटा यूईएफए सुुपरकप र ३ वटा क्लब वल्र्डकप जिताएका छन् ।

अन्तिम सिजनमा बेलले मड्रिडका लागि ४२ खेल खेल । गएको सिजन मड्रिडको लागि त्यति राम्रो भएन । १२ वटा खेलमा हार व्यहोरेको मड्रिडले ६८ अङ्क जोडेर तेस्रो स्थानमा आएको थियो ।

१६ वर्षको उमेरमा साउथह्याम्टनबाट डेब्यू गरेका बेल २००७ मा टोटनह्याम गए । उनले टोटनह्याममा रहेर ६ सिजन खेले । मड्रिडमा आउनुुभन्दा अगाडी बेल टोटेनहामबाट युुनाइटेड अनि बार्यन म्युुनिखमा जाने चर्चा चलेको थियो ।