• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

सुपमा भेटियो मरेको मुसा



कठमाडौं । एउटी गर्भवती महिलाले आफूले खान लागेको सुपमा मरेको मुसा भेटेपछि रेस्टुरेन्टहरूको सञ्जाल भएको एउटा चिनियाँ कम्पनीको बजार मूल्य १९ करोड डलरले घटेको छ। चप्स्टिकले च्यापेर सुपबाट निकालिएको मुसाको तस्बिर सामाजिक सञ्जालहरूमा फैलिएपछि जायबु जायबु रेस्टुरेन्टको शेयर मूल्य एक वर्षको सबैभन्दा न्यून विन्दुमा पुगेको हो।

मरेको मुसा भएको सुप बेच्ने शान्डोङ प्रान्तस्थित रेस्टुरेन्ट भने केही समयका लागि बन्द गरिएको छ। उसले ती ग्राहकलाई पाँच हजार युआन क्षतिपूर्ति दिन खोजेको बताइएको छ। ती महिलाका पतिलाई उद्‌धृत गर्दै एउटा स्थानीय समाचार संस्थाले त्यो रकम उनीहरूले लिन अस्वीकार गरेको जनाएको छ। मा भनेर एउटा नामबाट चिनाइएका ती व्यक्तिले आफ्नी गर्भवती पत्नीको पूरै शारीरिक परीक्षण गरेपछि मात्रै क्षतिपूर्तिबारे निर्णय गर्न चाहेको बताएका छन्।

गत सेप्टेम्बर ६ मा उनीहरू सपरिवार सो हट्पट रेस्टुरेन्टमा खाना खान गएका थिए। केही गाँस खाएपछि ती महिलाले आफ्नो खानामा मरेको मुसा फेला पारिन्। यदि उनलाई आफ्नो गर्भमा रहेको बच्चाको स्वास्थ्यबारे चिन्ता भए गर्भपतन गराउने सल्लाह सो रेस्टुरेन्टका एक कर्मचारीले दिएको र त्यसका लागि २० हजार युआन दिने बताएको ती महिलाका पतिले जनाएका छन्।

चिनियाँ सामाजिक सञ्जाल वेइबोमा उसिनिएको उक्त मुसाको तस्बिर प्रेषित भएपछि धेरैले घृणा र आक्रोश व्यक्त गरेका छन्। एक जनाले लेखेका छन्, मलाई वाक्क आउला जस्तो हुन्छ। म अब बाहिर कहिल्यै हट्पट खान्नँ।

केही दिनपछि सेप्टेम्बर ११ मा सो कम्पनीको शेअर मूल्य गत वर्ष अक्टोबरपछिको सबभन्दा न्यून विन्दुमा पुग्यो। तर बुधवारदेखि उसको बजार मूल्यमा केही सुधार आउन थालेको छ। जायबु जायबु मलाई मन पर्ने रेस्टुरेन्ट हो। मलाई लाग्थ्यो उनीहरू सफा छन्।।।। तर म यो पत्याउनै सक्दिनँ, अर्का एक जनाले वेइबोमा लेखेका छन्।

यदि उनको बच्चालाई केही भइहाल्यो भने उनीहरूले कसरी क्षतिपूर्ति गर्छन्रु के जीवनको मूल्य २० हजार युआन मात्रै होरुू एक प्रयोगकर्ताको प्रश्न छ। सरसफाइको कमीका कारण मुसा खानेकुरामा पुगेको हुनसक्ने सम्भावना अस्वीकार गर्दै सो रेस्टुरेन्टले शनिवार एउटा सन्देश लेखेको थियो। तर पछि उसले त्यो मेट्यो।

सुपमा मुसा पाइएको वेइफङ नगरका अधिकारीहरूले जाइबु जाइबु रेस्टुरेन्टबारे छानबिन हुने बताएका छन्। हट्पट चीन र एशियाका अरू भागमा प्रचलित एउटा परिकार हो। उम्लिरहेको तातो सुपको भाँडो डाइनिङ टेबलमा राखेर त्यसमा विभिन्न तरकारी र काँचो मासु हालेर पकाइन्छ। त्यो परिकार नै हट्पट हो। बीबीसीबाट