१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिएगो फोर्लानले फुटबल जीवनबाट संन्यास लिए



अ+ अ-

काठमाडौं । उरुग्वे तथा म्यानचेस्टर युनाइटेडका पूर्व फरवार्ड डिएगो फोर्लानले फुटबल जीवनबाट संन्यास लिएका छन् । ४० वर्षीय फोर्लानले बुधबार संन्यास घोषणा गरेका हुन् ।

फोर्लानले राष्ट्रिय टोलीबाट ११२ खेल खेल्दै ३६ गोल गरेका छन् । उनले सन् २०१४ को विश्वकप फुटबलपछि अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेका थिए ।

यसअघि फोर्लान सन् २००२ मा म्यानचेस्टर युनाइटेडबा आबद्ध भएका थिए । दुई वर्ष युनाइटेडमा रहेका फोर्लानले ६३ खेल खेल्दै १० गोल गरेका थिए ।

उनी म्यानचेस्टर युनाइटेडपछि सन् २००४ मा स्पेनी क्लब रियल मड्रिड गएका थिए । सन् २००७ मा एटलेटिको मड्रिडमा आबद्ध भएका फोर्लानले त्यहाँ चार वर्ष बिताएका थिए । उनी पछिल्लो समय हङकङको किट्तीबाट फुटबल खेलिरहेका थिए ।