२३ फाल्गुन २०८१, शुक्रबार
March 7, 2025 Friday
Latest
नेपालमा मल कारखान स्थापनाका लागि बजेट विनियोजन भएको छैनः मन्त्री अधिकारी नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक स्वीकृत अमेरिकाले किएभसँग नयाँ वार्ताको घोषणा गरेपछि इयुका नेताहरू रक्षा वृद्धि गर्न सहमत च्याम्पियन्स ट्रफीः भारतमाथि न्युजिल्याण्ड हाबी, दोहोरिएला २५ वर्षअघिकै नतिजा ? जनताको नासो फिर्ता चाहियो भन्दै नारायणहिटी अगाडि राजा पक्षधरको प्रदर्शन सङ्क्रमणकालीन न्याय संयन्त्र गठन प्रक्रिया अघि बढाउन आयोगको आग्रह विकास निर्माणका कार्यमा शासकले भूकम्पीय जोखिमलाई ख्याल गरेनन्ः वामदेव गौतम पेरिसको रेल स्टेसनमा दोस्रो विश्वयुद्धको बम फेला राष्ट्रिय मानव अधिकार आयोगको २४ औँ वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस पानी नपर्दा केरा उत्पादनमा ढिलाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रको कर्णाली अध्यक्ष प्रदेश सदस्यबाट मात्र चुनिने



अ+ अ-

कर्णाली । नेकपा (माओवादी केन्द्र) को ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’ले प्रदेश प्रदेश सदस्यहरूबाट नै प्रदेश अध्यक्ष चुन्ने मापदण्ड बनाएको छ । 

यही मङ्सिर २५ गतेदेखि सुरु भएको ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’ले केन्द्रीय सदस्यबाट अध्यक्ष चयन हुने अवस्थाले पूर्णता नपाएपछि प्रदेश समिति सदस्यबाट अध्यक्षसहितका पदाधिकारी तोक्ने विधि तय गरेको हो । उक्त सम्मेलनको बन्दसत्रमा अध्यक्षमण्डलका अध्यक्ष रामदीप आचार्यले प्रदेश अध्यक्ष हुन प्रदेश सदस्यबाट छान्ने र केन्द्रीय सदस्य पदेन रहने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

निर्वाचित प्रदेश समिति २११ सदस्यीय हुनेछ । आचार्यले भन्नुभयो, “प्रदेश समितिमा देखिएको असन्तुलनलाई सन्तुलित गर्ने ध्येयले १० प्रतिशत मनोनित गर्ने व्यवस्था गरिएको छ ।” उहाँले दशवटै जिल्लाबाट छानिएका प्रदेश समिति सदस्यको प्यानल प्रस्ताव बन्दसत्रमा मङ्गलबार सार्वजनिक गर्नुभयो ।

अध्यक्ष आचार्यका अनुसार रुकुम पश्चिमबाट ३२, सल्यानबाट २९, कालिकोटबाट २९, जाजरकोटबाट २६, सुर्खेतबाट २१, जुम्लाबाट १८, हुम्लाबाट १८, दैलेखबाट १७, डोल्पाबाट ११ र मुगुबाट १० प्रदेश सदस्यमा चयन भएका छन् । छानिएका प्रदेश सदस्यबाट अध्यक्षसहितका पदाधिकारी छानिने छन् । माओवादी केन्द्रले प्रदेश समितिमा महिला ३५, दलित २५, युवा २० र अल्पसङ्ख्यक पाँच प्रतिशत समेट्ने गरी विधान निर्माण गरेको छ ।