• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo

मिशन मंगलको चर्चा परिचर्चाः १५ अगष्टदेखी हलमा



बलिउडमा फिल्म मिशन मंगल केहीदिन यता निकै चर्चामा रहेका छ । भलै यो फिल्म कस्तो छ भन्नेकुरो दर्शकहरुले मात्रै, सार्वजनिक गरीएको फिल्मको ट्रेलरबाट अनुमान लगाउन सक्ने अबस्था रहेको छ. किनभने फिल्म अझै पदामा आईसकेको छैन ।

फिल्मको ट्रेलरदेखि प्रोमोसम्म, मंगलमा भारतको सफल अभियान देखाइएको छ । तर के तपाईंलाई थाहा छ फिल्मको शीर्षक ‘मिशन मंगल होइन तर, ‘मंगल महिला मंडल’ थियो । यद्यपि यो पछि परिवर्तन गरियो । एक प्रमोसन ईभन्टमा अभिनेता अक्ष्य कुमारले फिल्मको पुरानो नामलाई खुलाएका हुन् ।

फिल्ममा अक्षय कुमार, शर्मन जोशी लगायतका अन्य पुरुष कलाकारहरूको कारण अस्वीकार यसको पुरानो नाम पछि परिवर्तन गरीएको हो । र अब यो फिल्म यसको शीर्षक र ट्रेलरको कारण चर्चामा रहेको छ । जगन शक्ति निर्देशित मिशन मंगल अगस्त १५ मा रिलीज हुनेछ।

फिल्ममा अक्षय कुमार, विद्या बालन, तापसी पन्नू, कीर्ति कुल्हारी, सोनाक्षी सिन्हा, नित्य मेनन र शर्मन जोशी मुख्य भूमिकामा छन्। यसले दुई अन्तरिक्ष वैज्ञानिकहरू राकेश धवन (अक्षय कुमार), तारा शिंदे (विद्या बालन) र उनीहरूको टोलीले आफ्नो पहिलो प्रयासमा स्याटेलाईट मंगलमा पठाउन सफल भएको देखाईएको पाईन्छ ।