• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

जहाँ हरेक वर्ष ७० हजार सर्प भेला हुन्छन्



प्रकृति साँच्चिकै आश्चर्यजनक छ । यसको एउटा आश्चर्य हेर्न क्यानडाको म्यानिटोबा जानुपर्दछ । जहाँ हरेक वर्ष झण्डै ७० हजार सर्प जम्मा हुन्छन् ।

नार्सिस स्नेक डेन्स क्षेत्रको नामले चर्चित उक्त ठाउँ आफैंमा अद्भूत छ । गर्मी महिनामा हजारौं सर्पका नयाँ बच्चाहरु बाहिर निस्किन्छन् त्यहाँ विभिन्न प्रजातिका सर्पहरु रहेका छन् ।

हजारौं सर्पहरु एकठाउँमा जम्मा हुने यो कार्यलाई मानिसहरु सर्पको मेला पनि भन्दछन् । सर्पको मेला हेर्नका लागि मान्छेहरुको पनि ठूलै भीड जम्मा हुन्छ । फेब्रुअरी महिनामा त्यसरी हजारौं सर्पहरु उक्त ठाउँमा प्रजननका लागि भेला हुने गरेका हुन्छन् । क्यानडाको वन्यजन्तु विभागले उक्त सर्प प्रजनन क्षेत्रको संरक्षण गर्ने गरेको छ ।

७० हजारभन्दा धेरै सर्पहरु जम्मा हुने सो ठाउँमा प्रजनन प्रक्रियाका क्रममा बर्सेनि केही हजार सर्पहरुको त मृत्यु नै हुने गरेको छ ।