२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामसङको नोट टेन सिरिज बजारमा आउँदै



अ+ अ-

काठमाडौं । दक्षिण कोरियाली स्मार्टफोन निर्माता सामसङले आफ्नो नोट फ्ल्यागसिपमा नयाँ मोडल छिटै विश्व बजारमा आउने भएको छ।अगष्ट २३ देखि विश्वबजारमा उपलब्ध हुने नोट टेन सिरिजका मोडल आउने भएका हुन्।

सामसङले नोट टेन र टेन प्लस गरी दुई भेरियन्टका स्मार्टफोन ल्याएको हो।यी फोनका लागि विश्वबजारमा ९९९ अमेरिकी डलरबाट मूल्य शुरु हुने बताइएको छ।

कम्पनीका अनुसार यसको ब्याट्री क्षमता ३५०० एमएएचको छ। नोटटेनमा ६.४ इन्चको डिस्प्ले छ। त्यस्तै २५६ जिबी मोमेरी हुने यसको र्‍याम भने १० जिबी रहेको छ।

त्यस्तै टेन प्लसमा भने ४३०० एमएएचको ब्याट्री क्षमता भएको यो फोनमा १२ जिबी र्‍याम छ। ६.८ इन्चको डिस्प्ले छ। यसमा २५६ र ५१२ जिबी स्टोरेज भेरियन्ट रहेको छ।

नोटटेनमा १६ मेगापिक्सेलको अल्ट्रा वाइड सिनका लागि क्यामेरा छ। त्यस्तै वाइड एंगलका लागि १२ र टेलीफोटोका लागि पनि १२ मेगापिक्सेलकै क्यामेरा छ। यी फोनमा अगाडीको क्यामेरा भने १० मेगापिक्सेलको छ।