२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामसङको नोट टेन सिरिज बजारमा आउँदै



अ+ अ-

काठमाडौं । दक्षिण कोरियाली स्मार्टफोन निर्माता सामसङले आफ्नो नोट फ्ल्यागसिपमा नयाँ मोडल छिटै विश्व बजारमा आउने भएको छ।अगष्ट २३ देखि विश्वबजारमा उपलब्ध हुने नोट टेन सिरिजका मोडल आउने भएका हुन्।

सामसङले नोट टेन र टेन प्लस गरी दुई भेरियन्टका स्मार्टफोन ल्याएको हो।यी फोनका लागि विश्वबजारमा ९९९ अमेरिकी डलरबाट मूल्य शुरु हुने बताइएको छ।

कम्पनीका अनुसार यसको ब्याट्री क्षमता ३५०० एमएएचको छ। नोटटेनमा ६.४ इन्चको डिस्प्ले छ। त्यस्तै २५६ जिबी मोमेरी हुने यसको र्‍याम भने १० जिबी रहेको छ।

त्यस्तै टेन प्लसमा भने ४३०० एमएएचको ब्याट्री क्षमता भएको यो फोनमा १२ जिबी र्‍याम छ। ६.८ इन्चको डिस्प्ले छ। यसमा २५६ र ५१२ जिबी स्टोरेज भेरियन्ट रहेको छ।

नोटटेनमा १६ मेगापिक्सेलको अल्ट्रा वाइड सिनका लागि क्यामेरा छ। त्यस्तै वाइड एंगलका लागि १२ र टेलीफोटोका लागि पनि १२ मेगापिक्सेलकै क्यामेरा छ। यी फोनमा अगाडीको क्यामेरा भने १० मेगापिक्सेलको छ।