१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुवावेले विकास गरेको अपरेटिङ सिस्टम प्रयोग भएको पहिलो डिभाइस सार्वजनिक



अ+ अ-

काठमाडौं । चिनियाँ टेक जायन्ट हुवावेले विकास गरेको अपरेटिङ सिस्टम प्रयोग भएको पहिलो डिभाइस सार्वजनिक भएको छ।

हुवावेकै मातहतकै अनरले स्मार्ट स्क्रिन डिभाइस सार्वजनिक गरेको हो। हुवावे डेभलपर सम्मेलनमा सार्वजनिक गरिएको डिभाईमा हार्मोनी अपरेटिङ सिस्टम प्रयोग भएको छ। यो सिस्टम प्रयोग गर्ने संसारकै पहिलो डिभाइस पनि हो।

अनर स्मार्ट स्क्रिन दुई भेरियन्टमा आएको छ। २ जिबी र्‍याम र १६ जिबी स्टोरेज र २ जिबी र्‍याम र ३२ जिबी स्टोरेज। यसको मूल्य चिनियाँ बजारमा ३७०० आरएमबीबाट शुरु हुने छ।