• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

छोरीको बिहेमा आमालाई तरुनी देखिएपछि…



काठमाडौं । छोरीको बिहेको माहोल छ। कोभन्दा को कम हुनै पर्यो। त्यसमाथि आहान नै छ, ‘छोरीभन्दा आमा तरुनी देखिनुपर्छ।’ कहिलेकाहीँ सुन्दर देखिने लोभमा त्यसले उल्टै दुलाहा र उनको जोरीपारीलाई टिप्पणी गर्ने ठाउँ हुनसक्छ तर छोरीको बिहे हो, अरुलाई के मतलब ? बेलायतको मिरर पत्रिकाले हालै यसबारे खबर प्रकाशित गरेको छ।

भयो के भने छोरीको बिहेमा आफू पनि मस्त तरुनी देखिनु पर्यो भनेर दुलहीकी आमाले एउटा बिहेको पहिरन अनलाइनबाट किनिन्। अब कुनै पसलमा किनेको भए पो, बेच्न बसेकाले सुहायो या सुहाएन भनेर प्रतिक्रिया दिन्थे र मन पनि तुरुन्तै परिवर्तन हुन्थ्यो !

अनलाइनबाट किनेपछि त्यो परीक्षणको कुरा पनि भएन, उनलाई सुझाव दिनेहरु पनि कोही भएनन्। त्यसैले त्यो पहिरन लगाएर उनी बिहेको दिन पुगिन्। पहिरन कस्तो भने, छातिको भाग चिरिएको ! बिहे हुने बेलामा अन्तिम अवस्थामा मात्र दुलहीकी आमालाई यस पहिरनको गम्भीरता बुझिन् तर अन्तिम अवस्थामा अर्को पहिरन, कहाँबाट कसरी ल्याउनु ? त्यसैले त्यही लगाएर गइन्। अब फसाद के पर्यो भने दुलहीलाई भन्दा पनि दुलहीकी आमाको छातितिर सबैले नजर दौडाउन थाले ! जब दुलहीकी आमाले तस्बिर फेसबुकमा हालिन्, धेरैले मजाक उडाउन थालिहाले।

धन्न, फेसबुकमा मजाक बनाएकी आमाको पक्ष लिएर दुलहीले आफूलाई ड्रेस राम्रो लागेको भनी लेखिन्। अब आमा छोरी नै भएर बचाउमा लागिसकेपछि टिप्पणीकर्ताहरु पनि ‘गर्नेलाई भन्दा देख्नेलाई लाज’ मान्दै चुपचाप हुन थाले। त्यसो त हतपतको काम लतपत त्यसै भनिएको होइन !