१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आउने दिनमा काँग्रेस सञ्चालन गर्दा विचार प्रष्ट हुनुपर्छ : डा. मिनेन्द्र रिजाल



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवम् रक्षामन्त्री डा. मिनेन्द्र रिजालले नयाँ नेतृत्वको काँग्रेसले अब विचारमा प्रस्ट भएर अघि बढ्नुपर्ने बताउनु भएको छ ।

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार डा. शेखर कोईरालाले आयोजना गर्नुभएको प्रतिनिधिहरुलाई धन्यवाद कार्यक्रममा बोल्दै मन्त्री रिजालले नयाँ नेतृत्वको काँग्रेसले अब विचारमा प्रस्ट भएर अघि बढ्नुपर्ने बताउनु भएको हो । उहाँले अब काँग्रेसको अनुहार कस्तो हुन्छ भन्ने महत्वपूर्ण हुने बताउनु भयो । मन्त्री रिजालले डा. कोईरालाको टीमबाट काँग्रेसमा संख्यामा भाग नखोज्ने बरु विचारमा प्रतिनिधित्व हुनुपर्ने बताउनु भयो ।

मन्त्री रिजालले भन्नुभयो, ‘आउने दिनमा काँग्रेस सञ्चालन गर्दा विचारको गहीरो र प्रष्ट रुपमा हुनुपर्छ । निर्वाचनको जित र हार महत्वपूर्ण होइन, काँग्रेसको अनुहार कस्तो हुन्छ त्यो महत्वपूर्ण कुरा हो । ठीक बाटोमा हिँड्ने काँग्रेस बनाउँछौँ । हामी संख्यामा भाग खोज्दैनौँ । विचारमा प्रतिनित्वि हुनुपर्छ । म प्रधानमन्त्रीलाई भन्न चाहन्छु । जिम्मेवारीका साथै परिवर्तनको काँग्रेस देखिनुपर्छ । तपाईलाई जिम्मेवारीको बोझ थपिरहेको छ । त्यो बोझ कसरी पूरा गर्नुहुन्छ । काँग्रेस परिवर्तनको अवसर खेर नजाओस् ।’

मन्त्री रिजालले डा. कोईरालामाथि जिम्मेवारीको बोझ थपिएको भन्दै आफूले प्राप्त गरेको मतबाट एकतावद्ध काँग्रेस बनाउन आग्रह गर्नुभयो । उहाँले प्रधानमन्त्री देउवालाई काँग्रेसमा परिवर्तन देखिने गरी काम गर्न पनि आग्रह गर्नुभयो ।