२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

१३औँ साग: सुदूरपश्चिमबाट ४४ खेलाडी छनोट



अ+ अ-

भीमदत्तनगर । सन् १९८४ पछि तेस्रोे पटक नेपालमा आगामी मङ्सिरमा १३औँ दक्षिण एसियाली खेलकूद प्रतियोगिता (साग) हुँदैछ । काठमाडौँ र पोखरामा प्रतियोगिताको तयारी भईरहेको छ । देशका सबै प्रदेश र सुरक्षा निकायका विभागीय टोलीबाट छनौटमा परेका खेलाडी यतिबेला विभिन्न क्षेत्रमा छरिएर बन्द प्रशिक्षणमा व्यस्त छन् ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशबाट विभिन्न खेलका लागि सागमा सहभागी हुन महिला तथा पुरुष गरी ४४ खेलाडी सहभागी भइरहेको सुदूरपश्चिम क्षेत्रीय खेलकूद प्रशिक्षण केन्द्रका निर्देशक एवं बक्सिङ ओलम्पियन विष्णुबहादुर सिंहले जानकारी दिए। सुदूरपश्चिमबाट तेक्वान्दो खेलमा एक महिला बन्द प्रशिक्षणमा छिन् ।

बक्सिङबाट एक महिला/एक पुरुष, ब्याडमिन्टनमा एक पुरुष, भारोत्तलनमा दुई पुरुष खेलाडी सागको बन्द प्रशिक्षणमा रहेको निर्देशक सिंहले जानकारी दिए । त्यसैगरी उसुबाट दुई महिला/दुई पुरुष, हक्कीमा सात पुरुष, तीन महिला, कबड्डीमा चार महिला दुई पुरुष, ह्याण्डबलमा एक महिला/एक पुरुष, कुस्तीमा आठ महिला दुई पुरुष र कराँतेमा दुई महिला र छ पुरुष खेलाडी बन्द प्रशिक्षणमा रहेको निर्देशक सिंहले बताए ।

“१३औँ सागमा सुदूरपश्चिमका कुस्ती खेलाडीले नेपाललाई पदक दिलाउनेमा बढी आशावादी हुने ठाउँ छ”, निर्देशक सिंहले भने, “साग हुनु एक÷डेढ महीनाअघि फेरि अन्तिम छनौट हुन्छ ।” उनले भने, “साग हुनुअघि अन्तिम छनौटमा पास हुने खेलाडी सागमा सहभागी हुन पाउनेछन ।”

गत चैतमा भएको बृहत् राष्ट्रिय खेलकूद प्रतियोगितामा कुस्ती खेलमा सुदूरपश्चिम प्रदेशले महिलातर्फ १० मध्ये ६ स्वर्ण जितेको थियो । यहाँबाट छनौटमा परेका खेलाडी काठमाडौँ, हेटौँडालगायत विभिन्न स्थानमा बन्द प्रशिक्षणमा रहेको सुदूरपश्चिम क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष लालबहादुर शाहीले बताए ।

यसअघि आठौँदेखि १२औँ सागसम्म तेक्वान्दोमा चार स्वर्ण दिलाउने कीर्तिमानी खेलाडी दीपक विष्ट सुदूरपश्चिमकै हुन् । “सुदूरपश्चिम खेलकूदको उर्वरभूमि नै हो”, अध्यक्ष शाहीले भने, “भौतिक पूर्वाधार र खेलाडीको मनोबल बढाउने खालका कार्यक्रम यहाँ हुन सक्यो भने प्रतिभावान् खेलाडी जन्माउन सकिन्छ ।” केही समय कञ्चनपुरमा सागको महिला कुस्तीको टोलीले बन्द प्रशिक्षण गरेकोमा हाल हेटौँडा सारिएको छ ।

त्यसैगरी कञ्चनपुरका बक्सिङ प्रशिक्षक तथा ओलम्पियन डम्बरदत्त भट्ट यतिबेला ललितपुरको सातदोबाटोमा बक्सिङको बन्द प्रशिक्षणमा व्यस्त छन् । “सागको शुरुआत नै नेपालबाट भएको हो”, ओलम्पियन भट्टले भने, “बक्सिङको बन्द प्रशिक्षणमा खेलाडी मिहिनेतसाथ प्रशिक्षणमा व्यस्त छन् ।”

बक्सिङको बन्द प्रशिक्षणका ३५ मध्ये २० खेलाडीलाई बाह्य प्रशिक्षणका लागि थाइल्याण्ड पठाइएको भट्टले बताए । सुदूरपश्चिमबाट हाल बन्द प्रशिक्षणमा रहेका आठ महिलामध्ये अन्तिम छनौटमा पाँचा खेलाडी पर्नेमा आफू आशावादी रहेको कञ्चनपुरका कुस्ती प्रशिक्षक राजेन्द्र चन्दको भनार्इ छ ।